शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भनेका छन् कि पार्टीको ११औं महाधिवेशनमा अध्यक्षका लागि सहमति केवल एक अवस्थामा सम्भव छ—यदि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले स्वयं पछि हटेर नयाँ नेतृत्वको नाम प्रस्ताव गरे भने।
काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीको प्रश्नमा उनले भने—ओलीले अभिभावकको भूमिकामा बसेर ‘अबको लिडरसिप यो हो’ भनेर महाधिवेशनमा औपचारिक रूपमा घोषणा गरे मात्र सहमति मिल्न सक्छ।
उनका अनुसार त्यस बाहेक अरू किसिमले सहमति सम्भव छैन।
एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा हुँदैछ, जहाँ अध्यक्ष पदका लागि ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP