शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) डोटीको संस्थापन समूह र इतर समूहले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको समानान्तर सूची सार्वजनिक गरेको छ । जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग–अगल प्रतिनिधिको सूची सार्वजनिक गरेका हुन् । अध्यक्ष मलासी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेतृत्व गरेको इत्तर समूहमा उभिएका छन् ।

त्यसैगरी सचिव भट्ट भने पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीनिकट मानिन्छन् । अध्यक्ष मलासीको सूचीमा प्रदेश सांसद चक्रबहादुर मल्ल सहित दुर्गादत्त ओझा, डम्बर डौडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा खुलातर्फ प्रतिनिधि छन् । महिलातर्फ अध्यक्ष मलासी र लक्ष्मीदेवी मल्ल, दलिततर्फ सिता बिक र धनबहादुर नेपाली र ४० वर्ष मुनिका युवातर्फ बमबहादुर बम चयन भएका छन् ।

ओलीनिकट मानिने जिल्ला सचिव भट्टले सार्वजनिक गरेको समानान्तर सूचीमा सच्चिदानन्द जोशी, दीर्घराज बोगटी, शेरबहादुर मल्ल र पदमराज भट्ट खुलातर्फ रहेका छन् । त्यसैगरी महिलातर्फ रुपा कठायत र लक्ष्मी मल्ल, दलित तफरु शान्ती चुनारा, धनबहादुर नेपाली र युवातर्फ खेमबहादुर घर्ती चयन भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP