सोमबार , अषोज २६, २०८३

भरतपुर । घोषणा गर्ने तयारीमा रहेको उज्यालो पार्टी नेपालले चितवन जिल्लामा आयोजना गरेको भेला सम्पन्न गरेको छ। शनिबार भरतपुरमा सम्पन्न भेलाले जिल्लाका सबै तीनवटै निर्वाचन क्षेत्र—क्षेत्र नं.–१, २ र ३—का लागि सम्पर्क व्यक्ति सर्वसम्मतरुपमा चयन गरेको छ।

पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईका अनुसार

क्षेत्र नं.–१: कुशल केसी

क्षेत्र नं.–२: सरला लामिछाने

क्षेत्र नं.–३: समीर केसी
लाई सम्पर्क व्यक्ति तोकिएको हो।

क्षेत्र नं.–१ का कुशल केसी नेपाल–अस्ट्रेलिया प्रवासी नेपाली संगठनमा संलग्न छन्। क्षेत्र नं.–२ की सरला लामिछाने विवेकशील आन्दोलनकी सक्रिय नेतृ हुन् भने क्षेत्र नं.–३ का समीर केसी चितवनका स्वतन्त्र राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन्।

भट्टराईका अनुसार निर्वाचन क्षेत्रअनुसार सम्पर्क व्यक्ति तोकिएपछि चितवनमा पार्टीको गतिविधि आवश्यकताअनुसार अझ सक्रिय बनाइनेछ। यही मङ्सिर १७ गते काठमाडौँमा हुने पार्टी घोषणा सभामा चितवनबाट समेत प्रतिनिधि सहभागी गराउने लक्ष्य सहित सम्पर्क व्यक्ति छनोट गरिएको उनले बताए।

उनका अनुसार पार्टी घोषणा कार्यक्रम सम्पन्न भएसँगै चितवन जिल्ला कमिटी गठन गर्ने तयारी पनि रहेको छ।
“चितवन जिल्लाबाट व्यापक उपस्थिति सुनिश्चित गर्न र सदस्यहरूलाई सक्रिय बनाउने उद्देश्यले सम्पर्क व्यक्ति तोकिएको हो,” भट्टराईले भने।

पार्टी पङ्क्तिलाई निर्वाचन केन्द्रित संगठन विस्तार तथा प्रचार–प्रसार अभियानमा जुट्न केन्द्रीय समितिले निर्देशन दिएकाे पनि उनले बताए।

चितवन भेला सम्पन्न गर्नका लागि केन्द्रीय सदस्य सञ्जीव भट्टराईसँगै इञ्जिनियर डा. शंकर ढकाल (काभ्रे) र डा. आशुतोष विजय पन्त (ललितपुर) समेत चितवन पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP