सोमबार , बैसाख ८, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामू ११ बुँदे माग अघि सारेका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्न नसक्ने जनाएका छन् । उनले त्यस्तो सरकार गठन गर्न आफूहरुसँग आवश्यक संख्या नै नपुग्ने भएकाले त्यो सम्भावना नरहेको बताएका हुन् ।
शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले बैकल्पिक सरकार गठनबारे सोधेको प्रश्न देउवाले वैकल्पिक सरकार गठन गर्न संख्या नै पुग्ने बताए । ‘बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !’, सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’

उनले वैकल्पिक सरकार गठनका लागि तत्काल जसपाले निर्णय गरेर आउनेमा पनि आफु विश्वस्त नभएको बताए ।
‘त्यसकारण यस्तो अवस्थामा तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैन’, देउवाले आफ्नो वेवास्ताका कारण सरकार बन्न नसकेको भनेर आरोप लगाउनेहरूलाई लगाइरहन दिनुपर्ने बताए । ‘आरोप लगाउनेहरूलाई मेरो भन्नु केही छैन । सवै कुरा भनिराख्न आवश्यक छैन । मैले गर्ने काम गरिरहेको छु’, सभापति देउवाको भनाइ छ ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चैत २० गतेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न देउवाले रुची नदेखाएको बताउदै आएको छ ।

पत्रकार सम्मेलनमा देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र अक्षमाताको परिणाम दोस्रो लहरको कोरोना भयावह भएको बताए । उनले यसको रोकथामका लागि पार्टी पंक्ति लाई परिचालन गर्ने भन्दै सरकारलाई हिजो गरेका गल्ती नदोहोर्याउन र गम्भीर बन्न आग्रह गरे । उनले कोरोना टेस्ट नगरी गाउँमा मानिसहरु पठाएर सरकारले नै गाउँमा समेत कोरोना फैलाउने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP