शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउन र आईसीयू तथा भेन्टिलेटरसहित बेड व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामू ११ बुँदे माग अघि सारेका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्न नसक्ने जनाएका छन् । उनले त्यस्तो सरकार गठन गर्न आफूहरुसँग आवश्यक संख्या नै नपुग्ने भएकाले त्यो सम्भावना नरहेको बताएका हुन् ।
शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले बैकल्पिक सरकार गठनबारे सोधेको प्रश्न देउवाले वैकल्पिक सरकार गठन गर्न संख्या नै पुग्ने बताए । ‘बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !’, सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’

उनले वैकल्पिक सरकार गठनका लागि तत्काल जसपाले निर्णय गरेर आउनेमा पनि आफु विश्वस्त नभएको बताए ।
‘त्यसकारण यस्तो अवस्थामा तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैन’, देउवाले आफ्नो वेवास्ताका कारण सरकार बन्न नसकेको भनेर आरोप लगाउनेहरूलाई लगाइरहन दिनुपर्ने बताए । ‘आरोप लगाउनेहरूलाई मेरो भन्नु केही छैन । सवै कुरा भनिराख्न आवश्यक छैन । मैले गर्ने काम गरिरहेको छु’, सभापति देउवाको भनाइ छ ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चैत २० गतेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न देउवाले रुची नदेखाएको बताउदै आएको छ ।

पत्रकार सम्मेलनमा देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र अक्षमाताको परिणाम दोस्रो लहरको कोरोना भयावह भएको बताए । उनले यसको रोकथामका लागि पार्टी पंक्ति लाई परिचालन गर्ने भन्दै सरकारलाई हिजो गरेका गल्ती नदोहोर्याउन र गम्भीर बन्न आग्रह गरे । उनले कोरोना टेस्ट नगरी गाउँमा मानिसहरु पठाएर सरकारले नै गाउँमा समेत कोरोना फैलाउने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP