डार्विन, NT। आगामी साइक्लोन जोखिमलाई ध्यानमा राख्दै नर्दन टेरिटरीका सम्बन्धित अधिकारीहरूले जनतामाथि सतर्कता अपनाउन आग्रह गरेका छन्। NT Weather र Emergency Services का अनुसार Timor Sea मा विकसित भइरहेको tropical low कुनै पनि बेला साइक्लोनमा परिणत भई NT तर्फ मोडिन सक्ने सम्भावना छ।
यसैबीच, विशेषज्ञहरूले NT का बासिन्दालाई साइक्लोन आउनु अघि घर, सामान, आपतकालीन कागजात तथा जीवन–आवश्यक सामग्री सुरक्षित राख्न आग्रह गरेका छन्। यसका लागि “Ultimate Cyclone Survival Checklist” सार्वजनिक गरिएको छ।
साइक्लोन सुरक्षाका लागि मुख्य ९ बुँदे Checklist
1. Household Emergency Plan बनाउने
आफ्नो परिवार कहाँ shelter गर्ने हो—
घरमै बस्ने कि public shelter—पहिले नै निर्णय गर्नुपर्ने।
आपतकालिन समयमा कसरी एक–अर्कासँग सम्पर्क राख्ने भन्ने योजना बनाउने।
Evacuation route र नजिकको high ground पहिल्यै पहिचान गर्ने।
Pet रहने भए तिनको व्यवस्था पनि यसै योजना भित्र राख्नुपर्ने।
—
2. Emergency Kit तयार रखने
किटमा समावेश गर्नुपर्ने मुख्य सामग्रीहरू:
Drinking water (कम्तीमा ३ लिटर प्रति व्यक्ति प्रति दिन)
Non-perishable food
First aid kit
Medication
Torch र batteries
Portable radio
Important documents waterproof bag मा
Cash, spare keys, clothes
Pet supplies
—
3. घर तथा सम्पत्ती सुरक्षित बनाउने
घरको छाना, gutter, drainage सफा गर्ने।
बलियो हावा चल्दा उड्न सक्ने सामान हटाउने—outdoor furniture, bins, plant pots आदि।
बगैँचामा लत्रिएका रुखका हाँगा काट्ने।
Flood risk भएको क्षेत्रमा sandbag राख्ने।
—
4. वाहन तथा उपकरण तयारी
कारको petrol full गर्नु।
Tyre, brake, light जाँच गर्ने।
Mobile, power bank, tablet सबै charge गर्ने।
Emergency numbers कागजमा र मोबाइल दुवैमा राख्ने।
—
5. निरन्तर जानकारी लिने
SecureNT को अपडेट हेर्ने।
“Advice”, “Watch”, “Warning” को अर्थ बुझ्ने।
ABC Emergency वा local radio सुन्ने।
—
6. कहाँ Shelter गर्ने निर्णय
घर “cyclone-safe” भए घरमै बस्न मिल्न सक्छ।
Storm surge zone मा परे तुरुन्तै public cyclone shelter को व्यवस्था हेर्ने।
Shelter जाँदा emergency kit अनिवार्य लिएर जाने।
—
7. Pet Safety Plan
Pet को खाना, पानी र सुरक्षित स्थान व्यवस्था।
Public shelter मा pet अनुमति छ कि छैन—पहिले नै जानकारी लिनुपर्ने।
Leash, carrier, food सबै emergency kit मा राख्ने।
—
8. Evacuation आवश्यक परे गर्नुपर्ने काम
महत्त्वपूर्ण कागजात waterproof bag मा राख्ने।
Power, gas, water बन्द गर्ने (सुरक्षित भएमा)।
Fridge/Freezer खाली गरी ढोका खुला छोड्ने।
Emergency kit र pet सहित घर छोड्ने।
—
9. ‘All Clear’ आएपछि फिर्ता जाने
अधिकारीले अनुमति नदिउँदासम्म घर फर्किन नहुने।
सडकमा बाढी, तार, debris जस्ता जोखिमलाई ध्यान दिएर मात्रै चल्ने।
Local authority को recovery निर्देशिका पालन गर्ने।
—
NT Emergency Services का अनुसार, “तयारी नै जीवन रक्षा हो।” साइक्लोन सिजन सुरु भइसकेकोले सबैले आफ्नो परिवार, घर, pet तथा कागजात सुरक्षित राख्न तत्पर रहन आग्रह गरिएको छ।








