शनिबार , भाद्र १३, २०८३

सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका गाडी र तिनमा सवार यात्रुहरु समस्यामा परेकाले केही खुकुलो बनाइए पनि अब कडाइ गरिने उनको भनाइ छ ।

कोरोना संक्रमण बढ्दै गएपछि २१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी भएको छ । दाङसमेत पूर्ण निषेधाज्ञा लागू भए पनि गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको जिल्लाहरूको विवरणमा दाङ उल्लेख छैन ।

काठमाडौं उपत्यकामा विहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा पालना गराउन ठाउँ-ठाउँमा प्रहरी टोली परिचालन गरी सवारी साधन जाँच गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले सवारी जाँचलाई आज थप कडाइ गरिने बताए ।

सरकारले निषेधाज्ञालाई पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP