मंगलबार , अषोज २७, २०८३

भाद्र २४ गतेको Gen Z आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा आगलागी हुँदा घरसहित उनकी श्रीमती गम्भीर रूपमा घाइते भइन्। किर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो तर अवस्था गम्भीर भएपछि थप उपचारका लागि दिल्ली लैजानुपर्ने भयो।

खनालका अनुसार दिल्ली पठाउनका लागि एयर एम्बुलेन्सको भाडा मात्रै ३० लाख रुपैयाँ पर्ने बताइएको थियो। उनले भने, “आफूसँग लगाएको लुगा बाहेक केही थिएन।” त्यसबेला पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ५ लाख, र पूर्वप्रधानमन्त्री प्रचण्डले ३ लाख सहयोग गरे। तर बाँकी रकम जुटाउन नसकेर खनाल रातभर निदाउन सकेनन्।

त्यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर हालखबर सोधे। खनालले स्थिति सुनाएपछि ओलीले भने, “दिल्ली लानुस, जति पर्छ म व्यवस्था गरिदिन्छु।” त्यसपछि ओलीले साथीहरू मार्फत सम्पर्क गरी ३० लाख रुपैयाँ बराबरको एयर एम्बुलेन्सको व्यवस्था गरिदिए।

दिल्लीमा उपचारका क्रममा खनालकी श्रीमती अलिक ठिक भएपछि उनले सोधिन्, “हामी यहाँ कसरी आयौं?” खनालले ओलीको सहयोगको कथा सुनाए। त्यसपछि उनले भनिन्, “नेपाल गएपछि कमरेड ओलीलाई धन्यवाद दिनुहोला।”

नेपाल फर्किएपछि खनालले ओली निवासमै पुगेर व्यक्तिगत रूपमा धन्यवाद दिए।

खनालले अन्त्यमा भने —

“राजनीतिमा विचार फरक हुन्छ, मतभेद हुन्छ। तर हरेक मानिस पेशाभन्दा पहिले मानव हो। मानवता सधैं जीवित रहोस्।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP