मंगलबार , अषोज २७, २०८३

तिथि: मार्ग कृष्णपक्ष अष्टमी
नक्षत्र: अश्लेषा
चन्द्रराशि: कर्कट

मेष (Aries)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिल्ने भए पनि तत्काल प्रतिफल प्राप्त नहुन सक्छ। अरूको भरमा काम नगर्नुहोस्। मान्यजनको सल्लाह अनुसार अघि बढ्दा फाइदा हुनेछ।

वृष (Taurus)

सहयोगीहरूको साथले काममा सफलता मिल्नेछ। मिहिनेतको राम्रो फल पाइनेछ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना छ। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ।

मिथुन (Gemini)

केही कमजोरी देखिन सक्छ, तर प्रयास नगरेसम्म परिणाम आउँदैन। आर्थिक लाभ सम्भव भए पनि खर्च बढ्नेछ। आज आर्थिक व्यवहारमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।

कर्कट (Cancer)

सुखद वातावरणमा पनि सानो चिन्ताले सताउन सक्छ। मिहिनेतले प्रतिष्ठा बढाउनेछ। स्वास्थ्यमा ध्यान दिनु जरुरी छ। बुद्धि र योजनाले सफलता दिलाउनेछ।

सिंह (Leo)

खर्चिलो दिन भए पनि लगानीका लागि अनुकूल समय छ। नयाँ अवसर र यात्राको सम्भावना देखिन्छ। अनावश्यक खर्चबाट बच्नुस्।

कन्या (Virgo)

मिहिनेतले राम्रो नतिजा दिनेछ। सानो लगानीबाट पनि फाइदा पाइनेछ। रोकिएका काम बन्नेछन् र नयाँ स्रोतहरू खुल्नेछन्। सामाजिक क्षेत्रमा पनि सम्मान पाइने सम्भावना छ।

तुला (Libra)

उत्कृष्ट समय। मिहिनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। नेतृत्व र सहकार्यका अवसरहरू हातमा पर्नेछन्। व्यापारमा पनि फाइदा हुने संकेत।

वृश्चिक (Scorpio)

सानो प्रयासले पनि ठूलो सफलता पाइनेछ। धर्मकर्म र सेवामूलक कार्यतर्फ झुकाव बढ्नेछ। आम्दानी सीमित भए पनि मन सन्तुष्ट रहनेछ।

धनु (Sagittarius)

धेरै दौडधुप गर्नुपर्ने दिन। तत्काल लाभ नहुन सक्छ, तर अनुभवले भविष्यमा फाइदा दिलाउनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।

मकर (Capricorn)

आफन्तसँग भेटघाट र रमाइलो समय बित्नेछ। प्रेम सम्बन्ध र पारिवारिक जीवनमा मधुरता बढ्नेछ। आम्दानीमा पनि सुधारको संकेत छ।

कुम्भ (Aquarius)

नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार र पेशामा प्रगति हुनेछ। टाढिएका साथीहरू नजिकिनाले खुसी मिल्नेछ। भाग्यले साथ दिने दिन।

मीन (Pisces)

सुखद समाचारले उत्साह बढाउनेछ। पढाइ र बौद्धिक क्षेत्रमा प्रगति सम्भव छ। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ, गुरुजनको सल्लाह उपयोगी हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP