शनिबार , भाद्र १३, २०८३

नेकपा (माओवादी केन्द्र) छोडेर प्रगतिशील अभियान नेपालको घोषणा गरेका जनार्दन शर्मा यतिवेला बलियो कम्युनिष्ट पार्टी बनाउनेगरि सक्रिय भएका छन् । हिजोमात्रै उनले बाबुराम भट्टराईले बोलाएको छलफलमा भाग लिए ।

बाबुरामले ‘बलियो वैकल्पिक शक्ति’ निर्माण गर्ने भन्दै हिजो जनार्दन शर्मा, रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा जनार्दननिकट सुदन किरातीले पनि भाग लिएका थिए । आज विहान भने जनार्दन नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई भेट्न हरिसिद्धी पुगेका थिए ।

सो भेटमा नेकपा (एकीकृत समाजवादी) पूनर्गठनको घोषणा गरेका घनश्याम भुसालपनि सहभागी थिए । विप्लव, जनार्दन र घनश्यामले आज संयुक्त अपिल जारी गर्ने भनिएको छ। तर, जनार्दन शर्मा भने यतिवेला एमाले नेतृत्वसँग निरन्तर सम्पर्क र सम्वादमा रहेको बताईन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै जनार्दनलाई एमालेमा भित्र्याउनेगरि प्रस्ताव पठाएको उच्चस्रोतको दाबी छ । योबीचमा माओवादीले एकीकृत समाजवादीसहितका विभिन्न १० दलसँग एकता घोषणा गर्दा जनार्दनले उक्त एकता प्रक्रियालाई नै बहिष्कार गरेका थिए । जनार्दन समूह एकता प्रक्रियामा सामेल नभएपछि माओवादी आन्दोलन नै अघि बढाउने चर्चा थियो ।

तर, जनार्दनले पत्रकार सममेलन गरेर प्रगतिशील अभियान चलाउने घोषणा गरे । उनलाई राम कार्की र अञ्जना बिशंखेले मात्रै साथ दिए । त्यसयता उनी विप्लव, घनश्याम र रास्वपाका नेताहरुसँगपनि छलफलमा छन् । त्यसको अलावा उनी एमाले नेतृत्वसँग पनि नियमित सम्पर्कमा रहेको बताईन्छ ।

एमालेनिकट उच्च स्रोतको दाबी छ,‘जनार्दनजीसँग हाम्रो अध्यक्ष सम्वादमा नै हुनुहुन्छ । उहाँलाई एमालेमा आउन प्रस्ताव गरिएको छ । त्यसको सकारात्मक पहल भएको छ । एकदुई दिनभित्र सबै थाहा हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP