शुक्रबार , भाद्र १२, २०८३

मेष:
आज कार्यस्थलमा तपाईंको योजना र निर्णयको प्रशंसा हुनेछ। व्यापारमा सहयोग मिल्नेछ। समयको सदुपयोग गर्नुहोस्।

वृष:
रोकिएको काम पूरा हुने सम्भावना। आर्थिक व्यवहार गर्दा सावधानी अपनाउनुहोस्। रणनीतिक सोचले फाइदा दिलाउनेछ।

मिथुन:
सामाजिक प्रतिष्ठा बढ्दै जानेछ। योजना अरूलाई नभन्नुहोस्। लगानी क्षेत्रमा लाभका संकेत।

कर्कट:
कठोर परिश्रमले उपलब्धि दिलाउनेछ। स्वास्थ्यमा विशेष ध्यान आवश्यक। घरपरिवारमा हल्का तनाव देखिनसक्छ।

सिंह:
सहयोगी र मित्रको साथ मिल्नेछ। व्यावसायिक यात्रा लाभदायी। प्रतिभा र वाक्चातुर्यको मूल्यांकन हुनेछ।

कन्या:
परिवारमा केही मतभेद हुनसक्छ। सवारी साधन प्रयोगमा सावधानी अपनाउनुहोस्। आलस्यले अवसर गुम्नसक्छ।

तुला:
दाम्पत्य र साझेदारी सम्बन्ध सुखद। नयाँ आय–स्रोत सिर्जना हुने सम्भावना। सामाजिक प्रभाव वृद्धि हुने दिन।

वृश्चिक:
काममा केही अवरोध देखिन सक्छ। स्वास्थ्य र खर्चमा सतर्क रहनुहोस्। धैर्यले परिस्थिति सुधारिनेछ।

धनु:
वाद–विवाद सुल्झिने संकेत। पूजा वा समाजसेवामा समय जानेछ। कार्यक्षेत्रमा योग्यताको सम्मान हुनेछ।

मकर:
अध्ययन, लेखन वा सृजनात्मक काममा प्रगति। जिम्मेवार व्यक्तिको साथ–सहयोग प्राप्त हुनेछ। व्यापारमा परिवारको सहयोग प्रभावकारी।

कुम्भ:
व्यापार विस्तारका अवसर। सन्तान वा विद्यार्थीको प्रगतिमा खुशी। कानुनी वा प्रशासनिक कामहरूमा लाभ हुने सम्भावना।

मीन:
कार्यशैलीमा सुधार आवश्यक। सकारात्मक सोचले चुनौतीलाई अवसरमा बदल्छ। यात्रा गर्दा सामान र कागजात सुरक्षित राख्नुस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP