मंगलबार , अषोज २७, २०८३

नवलपरासी — पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको बताएका छन् । सक्कली एमाले आफूहरु रहेको दाबी गर्दै नेता नेपालले ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाए ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले भने,’ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गर्न रमाएका छन् । ‘

कार्यकर्ताको भावना बुझ्न नसकेर जे मन लाग्यो त्यही गरेर ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पारेको उनको दाबी छ । आफूहरुलाई पार्टी फुटाउन खोजेको आरोप लगाएर ओलीले इमान्दार कार्यकर्ताको भावना विपरित आफूलाई सत्ताको केन्द्रमा राखेर रमाएको आरोप पनि लगाए । कोरोनाले जनताको अवस्था नाजुक बनाएको टुटुटुलु हेरेर ओली विदेशी शक्तीलाई खुसी पारेर सत्ता टिकाउन लागि परेको नेता नेपालले आरोप लगाए ।

नेता नेपाल नेपाली कांग्रेसका सांसद विनोद चौधरीको दुम्कौलीस्थित निवासमा सोमबार आइपुगेका हुन् । नेपालले सोमबार नै दुम्कौलीमा रहेको विनोद चौधरीले निर्माण गरेको शाश्वतधाम अवलोकन गरेका थिए । चौधरीसँगै सीजी निवासमा रात बिताएका नेता नेपालले मंगलबार बिहान हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेज भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP