बुधबार , असार १७, २०८३

राजन न्यौपाने/काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए–डिभिजन क्लबहरूबीच लामो छलफलपछि यस वर्ष राष्ट्रिय लिग फुटबल आयोजना गर्ने र अर्को वर्षदेखि ए–डिभिजन लिगलाई होम एन्ड अवे फर्म्याटमा सञ्चालन गर्ने सहमति भएको छ।

सोमबार एन्फा कम्प्लेक्समा बसेको बैठकपछि एन्फाले पुस ९ गतेदेखि राष्ट्रिय लिग सुरु गर्ने र त्यसअघि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग सञ्चालन गर्ने निर्णय गरेको हो। प्रेसिडेन्ट लिगबाट शीर्ष ४ टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने छन्।

गत संस्करणको ए–डिभिजन लिगका शीर्ष ६ क्लब— चर्च ब्वाइज, मछिन्द्र, नेपाल पुलिस, जावलाखेल युथ, सातदोबाटो युथ र एनआरटी—सहित प्रेसिडेन्ट लिगबाट आएका ४ टोली गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिगमा नेपालको प्रतिनिधित्व गर्नेछ।
एन्फाका अनुसार अर्को वर्ष पुस ३ गतेदेखि सुरु हुने ए–डिभिजन लिग होम एन्ड अवे प्रणालीमा सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP