शुक्रबार , जेठ ८, २०८३

डार्विन (अष्ट्रेलिया) – डार्विनमा बसोबास गर्दै आएका कलाकार तथा गीतकार विशाल केसीको शब्द र अभिनयमा तयार गरिएको गीत ‘रहरसँगै बाध्यता’ सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीतमा रमेश खड्काले संगीत भरेका छन्।

जीवनका रहर र बाध्यताको दोधारमा अड्किएको मानवीय मनोविज्ञानलाई गीतले मन छुने शैलीमा चित्रण गरेको छ। भिडियोमा विशाल केसी स्वयंले पनि कलाकारका रूपमा अभिनय गरेका छन्। साथै, कृष्ण भक्त महर्जन, परी शाक्य, शान्ता प्रजापति, क्रिस्टिना तम्राकार, सुनिल श्रेष्ठ, मनोज शाही, सुविन महर्जन र सुशील करञ्जितको अभिनय समावेश छ।

भिडियोको निर्देशन राजेन्द्र डंगोलले गरेका हुन् भने निर्माण सविना दाहाल केसीले गरेकी छिन्। गीतको भिडियो हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने

कामदारको तलब बढाउने अष्ट्रेलियाका प्रधानमन्त्रीको संकेत

डार्विनमा एनआरएनए एनटीद्वारा सहुलियत दरमा फर्स्ट एड तथा सिपिआर तालिम आयोजना हुने


TOP