मंगलबार , अषोज २७, २०८३

डार्विन – चावसाई इभेन्ट्स र गोर्खाली FC को आयोजनामा तथा ग्रेस इन्टरनेशनलको प्रस्तुतिमा आउँदो सेप्टेम्बर २८, आइतबार ‘ग्रेस दशैं कप २०२५’ 7 A-SIDE फुटबल प्रतियोगिता हुने भएको छ।

मालाक ओभलमा बिहान ११ बजेबाट सुरु हुने प्रतियोगितामा पहिलो हुने टिमले २,००० डलर र दोस्रो हुने टिमले १,००० डलर नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिताको एन्ट्री फी ३०० डलर तोकिएको छ। यस प्रतियोगितामा स्थानीय समुदायका टिमहरूले सहभागिता जनाउने र दशैंको अवसरमा खेलकुदमार्फत एकता र उत्सवको वातावरण सिर्जना गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन्।

प्रतियोगितामा विभिन्न संघ–संस्थाको सहयोग रहनेछ। Capkon, Skillaroo, NRNA NT, Lands & Lease Realty, Arafura Automotive, Tax Store, Little Sister, Yogis Way र Possible Education Consultancy International लगायत संस्थाले सहयोग गरेका छन् भने Purakhabar प्रतियोगिताको मिडिया पार्टनर रहनेछ।

आयोजकका अनुसार, प्रतियोगिता मनोरञ्जनात्मक मात्र नभई खेलकुदमैत्री समाज निर्माणमा पनि टेवा पुर्‍याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP