शनिबार , भाद्र १३, २०८३

१४ वैशाख, बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ ।

डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो ।

उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

डीसीसीएमसीको सिफारिश अनुसार प्रमुख जिल्ला अधिकारीले बुधबार (भोलि) औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्नेछन् । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक बाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा २०० र तराईमा ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् डीसीसीएमसीको निर्णय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP