सोमबार , अषोज २६, २०८३

अष्ट्रेलियाको डार्विनमा सम्पन्न टप एन्ड टी–२० सिरिज र अभ्यास खेल सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ। पहिलोपटक अष्ट्रेलियामा खेलेको यो सिरिजलाई आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्त्वपूर्ण अभ्यास मानिएको छ।

सिरिजमा नेपालले छ खेल खेलेर मेलबर्न रेनेगेड्स र होबार्ट हरिकेन्स एकेडेमीलाई पराजित गर्दै दुई जित हात पार्‍यो। तर मेलबर्न स्टार्स, नर्थन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’ र पाकिस्तान शाहीन्ससँग हार बेहोर्नुपर्‍यो। पाकिस्तानविरुद्ध नेपाल केवल १ रनले पराजित भएको थियो, जसलाई कप्तान रोहित पौडेलले ‘मूल्यवान् अनुभव’ भनेका छन्।

सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लका अनुसार विदेशी कन्डिसनमा खेल्ने मौका नै यो सिरिजको प्रमुख उद्देश्य थियो। ‘अस्ट्रेलियाको परिस्थितिमा खेल्दा अभ्यस्त हुन र अनुकूल हुन सिक्यौं,’ उनले भने। प्रशिक्षक जगत टमाटाले भने तीनै पक्ष – ब्याटिङ, बलिङ र फिल्डिङ – मा थप परिपक्वता र निरन्तरता आवश्यक रहेको उल्लेख गरे।

सिरिजमा नेपालले ब्याटिङको सुरुवात र फिनिसिङमा कमजोरी देखायो, अन्तिम ओभरमा विकेट लिन नसक्ने समस्या र फिल्डिङमा मिसफिल्ड/क्याच छुट्ने जस्ता त्रुटिहरू पनि उजागर भए। यिनै कमजोरी सुधारेर जाने हो भने वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२०आई सिरिज र त्यसपछि हुने टी–२० विश्वकप छनोटमा बलियो प्रदर्शन गर्न सकिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP