शनिबार , भाद्र १३, २०८३

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गराउनुलाई नेताहरुले राष्ट्रप्रति गरेको भयानक घात भनेका छन् । आज (सोमबार) पार्टीले आयोजना गरेको नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमसीसीको दस्ताबेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य उल्लेख रहेको बताएका हुन् ।

‘हरेक दस्तावेजमा अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नुपर्‍यो ? यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो, सामान्य घात होइन,’– उनले भने ।

एमसीसीमा राष्ट्रघात हुनेखालका दर्जनौं शर्तहरु समावेश रहेको उनको दाबी छ । एमसीसीको सन्दर्भमा दर्जनौं डकुमेन्ट बनाइएको पनि उनले खुलासा गरे । एमसीसीको सन्दर्भमा १३ वटा डकुमेन्ट आफूले पनि फेला पारेको, तर विस्तृत रुपमा अध्ययन गर्न नपाएको उनले बताए ।

साथै, एमसीसीसम्बन्धी दस्तावेजमा उल्लेख सबै कुरा कुनै पनि नेताले नपढेको उनको दाबी छ । एकाध व्यक्तिहरुको लहड, उनीहरुको निजी स्वार्थ र गुट स्वार्थ, पारिवारिक स्वार्थलगायतका आधारमा यस्ता प्रकारका सम्झौता हुनेगरेको उनले बताए । एमसीसी संसद्बाट पारित गरेर गलत गरिएको उनको भनाइ छ । यसैका आधारमा आगामी दिनमा अरु देशहरुले पनि अन्य परियोजना संसद्बाट पारित गर्नुपर्छ भनेर माग गर्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP