मंगलबार , असार १६, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज (बुधबार) नख्खु कारागार पुगेर प्रचण्डले लामिछानेसँग भेट गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिक विषय र जेलमा आफूलाई दिइएको हैरानीको बारेमा कुरा भएको प्रचण्डले बताए ।

भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले लामिछाने आफ्नो क्याविनेटमा दुई÷दुई पटक गृहमन्त्री भएकाले अभिभावकको नाताले भेट्न आएको बताए । उनले लामिछानेलाई भेट्न भैरहवा नै जाने मन भए पनि समय र परिस्थिति नमिलेर त्यो सम्भव नभएको बताए । भेटको क्रममा लामिछानेले आफूलाई भैरहवामा गोलघरमा जस्तैगरी राखिएको गुनासो गरेको पनि प्रचण्डले सुनाए । अहिले नख्खु आइसकेपछि भने बसाईँ, खानेकुरा र सबै व्यवस्थापन तुलनात्मक रुपमा राम्रो रहेको लामिछानेले सुनाएको पनि प्रचण्डले बताए ।

‘मेरो क्याविनेटमा दुईचोटीको गृहमन्त्री पनि हो उहाँ । अभिभावकको हैसियतले पनि मैले उहाँको स्थिति के छ भनेर बुझ्नु स्वभाविक नै थियो । भैरहवा पनि मिल्यो भने जान चाहेको थिएँ । समय, परिस्थिति नमिलेर मात्रै हो । आज भेट भयो । उहाँको भैरहवा बस्दाखेरीको स्थिति धेरै नै जटिल, उहाँको अनुहारमा पनि देखिन्छ । दुब्लाउनुभएको छ । भैरहवामा उहाँको भाषामा भन्ने हो भने झण्डै–झण्डै गोलघरजस्तै गरी राखियो मलाई । धेरै ठूलो पीडा भयो मलाई भन्ने थियो भैरहवाको बारेमा,’– उनले भने ।

साथै, लामिछानेले आफ्नो जस्तै मुद्दामा अरुले उन्मुक्ति पाइराखेको र आफूले भने अदालतले तोकेको बिगो बैंक जमानत दिएर बाहिर बसेर मुद्दा लड्छु भन्दा पनि नदिइएको गुनासो गरेको पनि प्रचण्डले बताए । ‘मेरैजस्तो केसमा अरुले चाहिँ उन्मुक्ति पाउने, थु्प्रैले मेरोभन्दा गम्भीर केसमा । मलाईमात्रै लखेटियो भन्ने उहाँको पहिलादेखि कै भनाइ थियो । अहिले पनि त्यो कुरा राख्नुभयो । मैले संसद्मा राखेको कुरा, सडकहरुमा बोलेको कुरा पनि मैले उहाँलाई भने,’– प्रचण्डले भने, ‘अदालतले नै तोकेको बिगो धरौटी राखेर म मुद्दा लड्छु भन्दाखेरी पनि मैले त्यति सुविधा पनि पाइनँ । सरकार र यो गठबन्धन मप्रति यतिधेरै अनुदार, यतिधेरै विभेद किन गर्यो, मैले बुझ्न सकेको छैन भन्ने छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP