शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अष्ट्रेलिया – पहिलोपटक अष्ट्रेलियामा क्रिकेट खेलिरहेको नेपालले टप एन्ड टी–२० सिरिजमा अझै जितको स्वाद चाख्न सकेको छैन। शुक्रबार एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल शनिबार भने बंगलादेश ए टिमसँग ३२ रनले हार मान्न बाध्य भयो।

म्यारारा क्रिकेट ग्राउण्ड नम्बर–२ मा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेटको क्षतिमा १८६ रनको विशाल योगफल बनायो। जिशाम आलमले ४६ बलमा ७३ रन प्रहार गरे भने अफिफ हुसैन ४८ रनमा अविजित रहे। नेपालका लागि सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र रिजन ढकालले समान एक–एक विकेट लिए।

जवाफमा नेपाल ७ विकेट गुमाएर १५४ रनमा सीमित रह्यो। नेपालका पहिलो चार ब्याटरले जम्मा ६५ रन मात्रै जोडे भने पाँचौँ नम्बरमा आएका कुशल मल्लाले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ५९ रन बनाए। यसअघि एनटी स्ट्राइकविरुद्ध पनि उनले ३४ रन जोडेका थिए।

अप्रिलपछि राष्ट्रिय टोलीमा फर्किएका मल्ल हालसम्म दुई खेलमा ९३ रन जोड्दै सिरिजको चौथो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। तर प्रशिक्षक स्टुअर्ट लले उनलाई बलिङमा प्रयोग गरेका छैनन्।

११ टोली सहभागी यो प्रतियोगितामा हरेक टोलीले ६ खेल खेल्नेछ। लगातार हारले पनि नेपाल आगामी खेलमा पुनरागमन गर्ने लक्ष्यमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP