मंगलबार , असार १६, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिएका छन् ।

संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको ‘कुलिङ पिरियड’ प्रावधानमा भएको छेडखानीमा समिति सभापति खतिवडालाई पनि नैतिक जिम्मेवार भनेर जीवन परियार नेतृत्वको समितिले भनेपछि देउवाले तत्काल राजीनामा दिन भनेका हुन् ।

अहिले देउवा निवास बुढानिलकण्ठमा रामहरि खतिवडालाई पनि साथमै राखेर उनले यस्तो निर्देशन दिएका हुन् । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक सहभागी रहेको बताईन्छ । खतिवडाले आफूले गल्ती नगररेको दाबी गर्दै आएका छन् ।

समितिको प्रतिवेदन कार्यान्वयनको सवालमा सभामुख देवराज घिमिरेमाथि पनि आलोचना बढेपछि देउवाले आज यस्तो कदम लिएका हुन् । उनले राजीनामा दिएर पार्टीको इमेज बचाउन खतिवडालाई भनेका छन् ।
File Photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP