मंगलबार , असार १६, २०८३

पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेकपा एकीकृत समाजवादी प्रवेश गरेका वामदेव गौतमले शनिबार लामो भेटवार्ता गरेका छन् ।

खनालसँग यस्तो खाले भेटवार्ता गौतमले चार वर्षपछि गरेका हुन् । ‘अस्ति २ गते पार्टी एकता हुँदा छोटो कुराकानी भएको थियो, बसेर लामो कुरा भन्ने बाचा गरेका थियौं’, गौतमले अनलाइनखबरसँग भने ।

गौतमका अनुसार पार्टी एकताकै दिन भएको योजना बमोजिम शनिबार भेटवार्ता भएको थियो । ‘बिहान माधव नेपालसँग उहाँको (झलनाथ खनालको) भेट भयो, दिउँसो हामी कुरा बसेर बस्यौं’ गौतम भन्छन्, ‘२ गतेको छोटो भेट छोड्ने हो भने यो चार वर्षपछिको बसाइ थियो । हामी एकदमै खुशी भयौं ।’

एउटै पार्टीमा भएको खुसी साट्ने काम सँगसँगै दुवैले विगतलाई सम्झिएका थिए । ‘राजतन्त्रलाई फाल्न कस्ता–कस्ता संघर्ष गर्नुपर्‍यो । कम्युनिष्ट आन्दोलनको विकास र बिस्तार गर्न कस्ता–कस्ता भूमिका खेल्नुपर्‍यो’ पूर्वउपप्रधान एवं गृहमन्त्री गौतम भन्छन्, ‘विगतका यस्तै कुरा राख्दा धेरै समय गयो ।’

पार्टीभित्र विगतमा देखिने अन्तरसंघर्ष र तिनको समाधानमा भएका प्रयत्नहरु सम्झने प्रयास पनि सम्वादका क्रममा भएको थियो । ‘देशलाई संविधान जारी गर्ने तहसम्म लैजान हामीले खेलेको भूमिका सम्झियौं, आगामी राजनीतिक कोर्सका बारेमा पनि कुरा भयो’, गौतम भन्छन् ।

सम्वादका क्रममा गौतमले एकीकृत समाजवादीमा गएपछि आफूलाई अलमलमा राखिएको बारेमा पनि कुरा उठाएका थिए । विशेषगरी आफूलाई जिम्मेवारी दिएर जाने कुरामा अलमल देखिएको प्रसंग गौतमले उठाएका थिए ।

‘एउटै पार्टीमा त भइयो । तर मलाई के जिम्मेवारी दिने भन्ने कुरा अगाडि बढेन’ गौतमले भनेका थिए, ‘पार्टी एकता त मेरो जिम्मेवारीका निम्ति पनि गरेको हो ।’ आफूले पाउने जिम्मेवारीले राष्ट्र, जनता र पार्टीलाई हित हुनुपर्ने उनले बताएका थिए ।

‘मैले के जिम्मेवारी लिँदा ठीक हुन्छ, जनतालाई ठीक हुन्छ, राष्ट्रलाई ठीक हुन्छ । त्यसअनुसार निर्णय लिनु पर्‍यो’, गौतमले भनेका थिए ।

गौतमसँगको छलफलमा खनालले पार्टीको अवस्था र अध्यक्ष माधवकुमार नेपालबारे पनि छोटो कुरा राखेका थिए । पार्टीले गति लिन नसकेको, विद्रोह पुष्टि गर्नुपर्ने चुनौती कायमै रहेको, तर माधव नेपालले आफूलाई पार्टी नै छोडेर जानू भन्ने जस्ता कुरा उठाउने गरेको लगायत प्रसंग खनालले उठाएका थिए ।

गौतमले भने माधव नेपालका बारेमा खनालसँग कुरा नभएको बताउँछन् । ‘माधव नेपालका बारेमा कुरै गरिनँ । माधवसँग बस्दा झलनाथको र झलनाथसँग बस्दा माधवको कुरा गर्ने मेरो आदत पनि होइन’, गौतमले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP