सोमबार , अषोज २६, २०८३
मुम्बई– भनिन्छ, समस्या पर्दा जसले उसको साथी दिन्छ, ऊ नै वास्तविक हिरो हुन्छ । भारत यतिबेला कोरोनाको दोस्रो लहरको ठूलो मारमा परेको छ । यस्तो अवस्थामा बलिउडका केही कलाकारले सहयोग अभियान सुरु गरेका छन् ।कोभिडको तिब्र महामारीले भारतका अस्पतालमा शैय्या र अक्सिजन सिलिण्डरको समेत अभाव भइरहँदा कलाकारहरुले मानिसमा चाँडो भन्दा चाँडो उपचार पुगोस् भनेर स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउन लागेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजनका ‘राम’का रुपमा परिचित अभिनेता गुरमीत चौधरी यो संकटको समयमा जनताको सहयोगका लागि अस्पतालको शैय्या अभावलाई पूर्ति गर्न लखनउ र पटना जस्ता शहरमा एक हजार अल्ट्रा एडभान्स अस्पताल बेड लगाउने योजना बनाइरहेका छन् ।

अभिनेता अक्षय कुमारले अघिल्लो पटक आफूले भ्याएसम्म हरसम्भव सहयोगको काम गरेका थिए । उनले यसपटक भने गौतम गम्भीर फाउण्डेनसलाई १ करोड रुपैंयाँ दिएका छन् ।

अभिनेता सलमान खानले आफ्नो फाउण्डेसन बिइङ ह्युमनमार्फत फ्रन्टलाइन कामदारहरुलाई खाना पुर्‍याउने काम गरेका छन् ।

अभिनेता कुणाल कपूरले सामाजिक सञ्जालमा चेतना फैलाउने काम सुरु गरेका छन् । उनले कोरोना कालमा अक्सिजन सिलिण्डर र औषधि पुर्‍याइरहेका केही संस्थाको बारे विस्तृत जानकारी सामाजिक सञ्जालमा राखिरहेका छन् ।

अभिनेता सोनू सूदले स–साना गाउँमा कोभिड भ्याक्सिनलाई पुर्‍याएर त्यहाँ चेतना जगाइरहेका छन् ।

कोरोना संक्रमणमुक्त भएकी अभिनेत्री भूमि पेडनेकरले प्लाज्मा डोनेट गरेकी छन् । उनले संक्रमणमुक्त अन्य मानिसलाई पनि प्लाज्मा डोनेट गर्न अपिल गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP