सोमबार , अषोज २६, २०८३

डार्विनमा बसोबास गर्दै आएको नेपाली समुदायको सांगीतिक क्षेत्रमा नयाँ तर गहिरो पहिचान बनाउँदै गएको ब्यान्ड हो — यान (YAN)। वैकल्पिक रक शैलीमा आफ्नै मौलिक सिर्जनाका साथ अगाडि बढिरहेको यो ब्यान्ड तीन नेपाली युवा संगीतकर्मीहरूद्वारा गठन गरिएको हो, जो डार्विनको सांगीतिक परिवेशमा लामो समयदेखि सक्रिय छन्।

सन् २०१५ देखि डार्विनमा विभिन्न सांगीतिक प्रोजेक्टमा संलग्न रहँदै आएका दिपेन गुरुङ Random Space जस्ता चर्चित ब्यान्डमार्फत चिनिएका संगीतकर्मी हुन्। यता, सन् २०१८ मा डेभिड सुवाल (गायक तथा गिटारिस्ट) र बिराट थापा (गिटारिस्ट) विश्वविद्यालयको पढाइको क्रममा भेटिए र त्यही बेला उनीहरूको सांगीतिक सहकार्य सुरु भयो, जसले पछिसम्म यानको ध्वनि र पहिचान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍यायो।

सन् २०२३ तिर उनीहरू तीनै जना एकजुट भई आफ्नै मौलिक गीतसंगीतमार्फत दर्शकमाझ प्रस्तुत हुने उद्देश्यले यान स्थापना गरे।

पछिल्लो वर्ष ब्यान्डले दुईवटा गीत सार्वजनिक गर्‍यो — परजीवी (Lyric Video सहित) र सपनी, जसमा उनीहरूको पहिलो अफिसियल म्युजिक भिडियो पनि देख्न पाइयो। यी दुवै गीतलाई नेपाली समुदायबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो।


अब, यान आफ्नो नयाँ सिर्जना रङ्ग बिरङ्ग लिएर दर्शकमाझ आएको छ।

यो गीत आफैसँगको गुनासोझैँ सुरु हुन्छ —
मनको चञ्चलता, अर्थ खोज्ने प्रयास, र अन्ततः सुख भन्ने कुरा बाहिर होइन, भित्रै कतै लुकेको रहेछ भन्ने महसुसलाई संगीतमार्फत प्रस्तुत गरिएको छ। गीतले,  हामी को हौं, हाम्रो बाटो, र हामीले बनाएका छायाँहरूले मिलेर एउटा गहिरो र सुन्दर कथा तयार पार्दछ।

अस्ट्रेलियाको डार्विनमा लामो समयदेखि नेपाली संगीतको जग बलियो बनाउँदै आएका यान ब्यान्डका सदस्यहरू नेपाली डायस्पोराको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित छन्। उनीहरू भन्छन् — “हामी जस्ता स्थानीय सिर्जनात्मक प्रतिभालाई साथ र सहयोग दिनु आजको आवश्यकता हो।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP