सोमबार , अषोज २६, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्।

सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।

यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि स्थगित गरिएको थियो। केही दिनपछि ट्रम्पले ३१ जुलाई सम्मको समय दिएका थिए।

त्यसपछि ट्रम्प प्रशासनले ९० दिनभित्र ९० सम्झौता गर्ने लक्ष्य राखेको थियो । तर हालसम्म मात्र ७ देशहरूसँग सम्झौता भएको छ।

आदेश लागु हुनुअघि अमेरिका तर्फ आइरहेको सामानमा भने अघिल्लो नियमअनुसार नै कर लाग्नेछ । यसका लागि ५ अक्टोबर २०२५ अन्तिम म्याद तोकिएको छ।

ह्वाइट हाउसले सार्वजनिक गरेको जानकारी अनुसार लाओस, म्यानमार, सिरिया जस्ता देशहरूमा सबैभन्दा धेरै ४० प्रतिशत वा सोभन्दा बढी भन्सार शुल्क लगाइनेछ।

कुनै सामान अरू देशमार्फत कर बचाउन अमेरिका पठाइएको खण्डमा त्यसमा ४०प्रतिशत भन्सार शुल्क लाग्नेछ।

युरोपेली संघका सामानहरूमा सीधै १५ प्रतिशत भन्सार शुल्क लगाइएको छैन। यदि कुनै वस्तुमा पहिले १० प्रतिशत शुल्क लागिरहेको छ भने ५ प्रतिशत थप गरिनेछ। तर पहिले नै १५ प्रतिशत वा सोभन्दा बढी शुल्क लागिरहेको वस्तुमा थप भन्सार शुल्क लाग्ने छैन।

चीनका लागि भने मई २०२५ को कार्यकारी आदेश नम्बर १४२९८ लागु छ, जसमा कुनै परिवर्तन गरिएको छैन।

राष्ट्रपति ट्रम्पले ३१ जुलाईमा भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। यो ७ अगस्टबाट लागु हुनेछ। हालसम्म अमेरिका भारतमाथि १० प्रतिशत आधारभूत भन्सार शुल्क लगाइरहेको थियो।

अमेरिकाले रूसबाट हतियार र तेल किनेकै कारणले भारतमाथि थप जरिवाना लगाइने बताउँदै आएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यो घोषणाको प्रभावको मूल्यांकन गरी राष्ट्रिय हितको संरक्षण गर्न सबै आवश्यक कदम चाल्ने बताएको छ ।

यो भन्सार शुल्कले विशेष गरी स्टिल, एलुमिनियम, गाडी उद्योग (अटोमोबाइल), वस्त्र (टेक्सटाइल), इलेक्ट्रोनिक्स, र गहनाहरू (ज्वेलरी) जस्ता क्षेत्रहरूलाई असर पार्न सक्ने भारतीय अधिकारीहरूले बताएका छन् ।

ब्रिटेन: १० प्रतिशत भन्सार शुल्क, स्टिल–एलुमिनियममा २५ प्रतिशत भन्सार शुल्क

राष्ट्रपति ट्रम्पले ८ मे मा ब्रिटेनसँग सम्झौता गरेका थिए, जसअनुसार ब्रिटिश अटो, स्टिल र एलुमिनियममा भन्सार शुल्क घटाइएको हो।

सामान्य रूपमा १० प्रतिशत भन्सार शुल्क लागू हुनेछ। तर, ब्रिटेनलाई ५० प्रतिशत स्टिल र एलुमिनियम भन्सार शुल्कबाट छुट दिइएको छ — अब तिनमा २५ प्रतिशत भन्सार शुल्क लाग्नेछ।

ब्रिटेनले बदला स्वरूप अमेरिकी जैतुन तेल, वाइन र खेल सामग्रीहरूमा भन्सार शुल्क घटाउने वाचा गरेको छ।

यसैबीच, ट्रम्पले २२ जुलाईमा जापानसँग सम्झौता घोषणा गरेअनुसार जापानी वस्तुहरूमा १५ प्रतिशत भन्सार शुल्क लाग्नेछ । यसअघि यो २५ प्रतिशत थियो ।

जापानले अमेरिकामा ५५० अर्ब डलरको लगानी गर्ने र अमेरिकी गाडी र चामलका लागि बजार खोल्ने वाचा गरेको छ।

यो भन्सार शुल्क टोयोटा, होन्डा जस्ता जापानी गाडी उत्पादकहरूका लागि राहत पुग्नेछ । उनीहरूले यसअघि २५ प्रतिशत भन्सार शुल्क सहेर व्यापार गरिरहेका थिए ।

ट्रम्पले यो भन्सार योजना २ अप्रिल २०२५ मा ह्वाइट हाउसमा घोषणा गरेका थिए।

उता, अमेरिका र युरोपेली युनियनबीच २७ जुलाईमा प्रारम्भिक व्यापार सम्झौता भएको छ। सम्झौताअनुसार, ईयूबाट आउने धेरैजसो वस्तुहरूमा अमेरिका १५ प्रतिशत आधारभूत भन्सार शुल्क लगाउनेछ। यो सूचिमा कार, औषधी, र इलेक्ट्रोनिक सामान सामेल छन्।

ट्रम्पले स्कटल्यान्डमा ईयूकी अध्यक्ष उर्सुला वोन डेर लेयेनसँगको भेटमा सम्झौताको घोषणा गरेका थिए ।

सम्झौता अनुसार, ईयूले आउँदो तीन वर्षमा अमेरिकाबाट ७५० अर्ब डलरको ऊर्जा किन्नेछ । साथै, ईयूले ६०० अर्ब डलरको लगानी पनि अमेरिकामा गर्नेछ जसमा मुख्यत: फार्मा, अटो, र डिफेन्स क्षेत्र रहनेछन् ।

यसबाहेक, अमेरिका र ईयूबीच ३० प्रतिशत वस्तुहरूमा अझै वार्ता जारी छ।

युरोपेली युनियन विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो, जसमा २७ युरोपेली देशहरू सामेल छन्। अमेरिका र ईयूबीच प्रत्येक दिन करिब ३.५ अर्ब डलरको व्यापार हुन्छ ।

अमेरिकाले ३० जुलाईमा दक्षिण कोरियाली सामानहरूमा भन्सार शुल्क २५ प्रतिशत बाट घटाएर १५ प्रतिशत पुर्‍याएका छन्। प्रतिक्रियामा, दक्षिण कोरियाले अमेरिका बाट १०० अर्ब डलरको ऊर्जा किन्ने र ३५० अर्ब डलरको लगानी गर्नेछ।

१५ जुलाईमा, ट्रम्पले इन्डोनेसियामाथि १९ प्रतिशत भन्सार शुल्क लगाएका थिए। तर ९९ प्रतिशत भन्दा बढी अमेरिकी वस्तुहरू इन्डोनेसियामा बिना भन्सार शुल्क नै जान सक्नेछन्।

त्यस्तै, फिलिपिन्समाथि १९ प्रतिशत र भियतनाममाथि २० प्रतिशत भन्सार शुल्क लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP