उत्तरी क्षेत्र (Northern Territory) प्रहरीले जानकारी दिएअनुसार शनिबार राति रॉयल डार्विन शोमा १५ वर्षीय एक किशोरलाई अर्को १५ वर्षे किशोरले छुरा प्रहार गरेको छ। घटना शो मैदानमा करिब ८:२० बजे भएको थियो।
घटनापछि प्रहरीले र सेन्ट जोन एम्बुलेन्सले घाइतेलाई तत्काल रॉयल डार्विन अस्पताल पुर्याए। अभियुक्त घटनास्थलबाट फरार भए पनि पछि पक्राउ परेका छन्। उनलाई ‘जीवन खतरामा पार्ने क्रूरता’ र ‘नियन्त्रित हतियार बोकेको आरोप’ लगाइएको छ।
उत्तरी क्षेत्रकी मुख्यमन्त्री लिया फिनोच्चियारोले सामाजिक संजालमा यस्तो हिंसा स्वीकार्य नभएको र आफ्ना सरकार अन्तर्गत यस्तो कार्यलाई सहन नहुने बताइन्। उनले युवा न्याय ऐनमा सुधार गर्दै ‘पक्राउपछि छोड्ने’ पुराना नीतिहरू अन्त्य गर्ने घोषणा गरिन्।
३० वर्षभन्दा बढी समयदेखि शोमा झोला बेच्दै आएका स्टलधनी ग्रेग एन्डरसनले यस्तो घटना आफूले कहिल्यै देखेको नरहेको बताए। उनले सुरक्षा र प्रहरीको उपस्थिति प्रशंसा गरे।
प्रहरीले यस घटनाबारे जानकारी राख्ने सबैलाई १३१ ४४४ मा सम्पर्क गर्न आग्रह गरेका छन्।
@News source ABCnews
@Photo Source NT News








