शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अष्ट्रेलिया।
गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को निर्वाचनमा यसपटक दुई फरक समूह—टिम भवानी र टिम त्रिलोचनबीच प्रतिस्पर्धा भएको थियो। यस क्रममा राज्य समन्वय समिति (SCC) का पदहरूमा सम्पूर्ण टिम त्रिलोचनका उम्मेदवारहरूले जित हासिल गरे। तर राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदमा भने टिम भवानीका उम्मेदवार पुष्कर राज अधिकारीले अभूतपूर्व मतान्तरसहित ऐतिहासिक विजय प्राप्त गरे।

अधिकारीले ८,२४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी अनिल बी.के.लाई २,५९९ मतमा सीमित पार्दै करिब ५,६५० मतको भारी अन्तरले पराजित गरेका हुन्। यस परिणामले एनआरएनए एनटीको राजनीतिक परिदृश्यमा नयाँ पुस्ताले कस्तो प्रभाव पारिरहेको छ भन्ने स्पष्ट देखाएको छ।

विजयपछि अधिकारीले भने, “यो जित मेरो व्यक्तिगत लक्ष्य होइन, यो एनटीमा रहेका सम्पूर्ण नयाँ पुस्ता, विद्यार्थी, पेशाकर्मी र परिवारहरूको सामूहिक आशा र विश्वासको परिणाम हो। म पारदर्शिता, जवाफदेहिता र समुदायको दीर्घकालीन विकासका लागि समर्पित रहनेछु।”

अधिकारीका प्रमुख एजेन्डा:
एनआरएन राष्ट्रिय समितिमा एनटीको विविध समुदायको सशक्त प्रतिनिधित्व।

विद्यार्थी, युवा र परिवारहरू लक्षित तालिम र सहयोग कार्यक्रमहरूको प्रवर्द्धन।

सांस्कृतिक तथा सामाजिक सहकार्यमार्फत नेपाली पहिचान र सामुदायिक एकता सुदृढ गर्ने।

पारदर्शिता, ऊर्जा र समूहमा आधारित नेतृत्व विकास।

अग्रज, पूर्वपदाधिकारी तथा विज्ञहरूसँग सहकार्य गर्दै दीर्घकालीन विकास नीतिमा योगदान।

टिम भवानीका समर्थकहरूले यसलाई “नयाँ पुस्ताको नेतृत्व उदय” भनेका छन् भने केही विश्लेषकहरूले यो परिणामलाई एनटीको आगामी राजनीतिक संरचनामा महत्वपूर्ण मोडको रूपमा हेरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP