शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अष्ट्रेलिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि नर्दन टेरिटोरी (NT) राज्यको कोषाध्यक्ष पदमा सन्दीप भुषालले उम्मेदवारी दिएका छन्।

विगत एक दशकदेखि अष्ट्रेलियाका विभिन्न राज्यहरूमा आर्थिक व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा सक्रिय रहँदै आएका भुषाल हाल पनि व्यवस्थापन अध्ययनमा संलग्न छन्। अध्ययनसँगै उनी कार्यक्षेत्रमा समेत व्यवस्थापनमै कार्यरत छन्, जसले गर्दा उक्त पदको दायित्व वहन गर्न सक्षम र योग्य उम्मेदवारका रूपमा उनी समुदायमा चर्चित छन्।

स्वयंसेवकका रूपमा लामो समयदेखि नेपाली समुदायमा सक्रिय भुषालले “कोषाध्यक्ष पदलाई थप जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउने” प्रतिवद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारीलाई एनआरएनए नर्दन टेरिटोरीका पूर्व तथा वर्तमान पदाधिकारीहरूले स्वागत गरेका छन्।

अध्यक्ष पदमा भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी, र युथ कोअर्डिनेटर पदमा अनुपम ढुंगाना बलियो प्रतिस्पर्धीका रूपमा देखा परेका छन्।

उम्मेदवारी दर्ता प्रक्रिया जुलाई १२ मा सम्पन्न भइसकेको छ भने निर्वाचन जुलाई २६ मा पूर्णत: अनलाइन माध्यमबाट सम्पन्न हुने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP