शुक्रबार , भाद्र १२, २०८३

अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय समिति निर्वाचन आगामी शनिबार, २६ जुलाई बिहानदेखि सुरु हुँदैछ। यसपटकको निर्वाचन पूर्ण रूपमा अनलाइन माध्यमबाट सम्पन्न हुने भएकाले मतदाताहरूले आफ्नै घरबाट मोबाइल फोनमार्फत मतदान गर्न सक्ने छन्।

निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालहरूमा उम्मेदवारहरूका भिडियो, पोस्टर र प्रचार अभियानहरू तीव्र रूपमा देखिन थालेका छन्, भने अष्ट्रेलियाका विभिन्न नेपाली समुदाय र सञ्चारमाध्यमहरूले आफ्नो पहुँच अनुसार चुनावी गतिविधिलाई निरन्तर समेटिरहेका छन्।

मौन अवधि र नैतिक प्रतिबद्धता
लोकतान्त्रिक अभ्यासमा चुनावको कम्तिमा एक दिनअगावै मौन अवधि लागू गरिने चलन छ। यस अवधिमा उम्मेदवारहरूले प्रचारप्रसार बन्द गरेर मतदातालाई गम्भीर विचार र निर्णयको लागि समय दिने परम्परा रहिआएको छ।
यद्यपि एनआरएन निर्वाचन सामाजिक संस्थाको रूपमा भएकोले कानुनीरूपमा यस्तो व्यवस्था नहुन सक्छ, तर नैतिक दृष्टिकोणले मौन अवधि पालना गर्नु संस्थाको गरिमाका लागि आवश्यक मानिएको छ।

तयारी पूरा, निर्वाचनलाई उत्सव बनाउने तयारी
प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले पुराखबरसँगको कुराकानीमा चुनावको सबै तयारी पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार,

“निर्वाचनलाई हारजितको प्रतिस्पर्धा होइन, समुदायप्रति योगदान गर्ने अवसरका रूपमा हेर्नुपर्छ। कोही नेतृत्वमा, कोही साथमा—सबैको उद्देश्य साझा हो।”

उनका अनुसार सभी उम्मेदवारहरूलाई आचारसंहिता पठाइसकिएको छ। साथै, मतदानको दिन सबै राज्यहरूमा निर्वाचन आयुक्त, आईटी विशेषज्ञ र सहयोगी टोलीहरू तयारी अवस्थामा रहने व्यवस्था मिलाइएको छ।
निर्वाचन सहज र सुरक्षित बनाउने उद्देश्यले ‘अपरेशन सेन्टर’ निर्माण गरिएको छ, जसको विस्तृत विवरण सुरक्षाको कारण सार्वजनिक नगरिएको हो।

ढकालले निर्वाचनलाई अष्ट्रेलियामा रहेका नेपालीहरूको साझा उत्सवका रूपमा मनाउने तयारी गरिएको उल्लेख गर्दै, कुनै समस्या आए तत्काल समाधान गर्न व्यवस्थित योजना तयार गरिएको जानकारी पनि दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP