मंगलबार , असार १६, २०८३

डार्विन, जुलाई, २०२५ |

गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदका उम्मेदवार अनिल बि.क.ले हालको निर्वाचन प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमा भिडियोमार्फत मन्तव्य दिँदै भनेका छन् कि, स्थानीय पदका लागि प्रतिस्पर्धा गर्दा पनि राष्ट्रव्यापी सदस्यबाट भोट खोज्नुपर्ने वर्तमान प्रणाली विडम्बनापूर्ण छ।

उनको भनाइमा, “म नर्दन टेरिटोरीको प्रतिनिधि बन्न चाहन्छु, तर मलाई भोट दिन १५,००० भन्दा बढी अष्ट्रेलियाभरिका सदस्यको समर्थन चाहिन्छ। यो स्थानीय प्रतिनिधित्वको मर्म विपरीत हो।

अनिलले सन्देशमा थपे, “म यो प्रणाली परिवर्तन गर्न चाहन्छु। स्थानीय राज्य प्रतिनिधिको निर्वाचन पनि राज्य भित्रकै सदस्यबाट हुनुपर्छ।

उनको यस्तो अभिव्यक्तिले एनआरएनएको निर्वाचन प्रणालीबारे नयाँ बहस जन्माएको छ। पारदर्शिता, समावेशीता र स्थानीय नेतृत्व सुदृढीकरणका मुद्दामा निर्वाचन प्रणाली पुनरावलोकन गर्नुपर्ने माग तीव्र हुँदै गएको छ।

अनिल बि.क हाल नर्दन टेरिटोरीबाट उम्मेदवार छन् र पूर्व SCC कोषाध्यक्षको रूपमा पहिचान बनाएका व्यक्ति हुन्।

हालसम्मको भूमिका र योगदान

अनिल बि.क हालसालै सम्पन्न २०२३–२०२५ कार्यकालमा एनआरएनए SCC नर्दन टेरिटोरीका कोषाध्यक्षको रूपमा कार्यरत थिए। उनले वित्तीय पारदर्शिता, उत्तरदायित्व प्रणाली र समुदायमैत्री निर्णय प्रक्रियामा उल्लेखनीय सुधार ल्याएको दाबी गरेका छन्।

उनले उम्मेदवारी दर्तापछि भने,
“म लोकप्रिय बन्न होइन, सत्य र जिम्मेवार निर्णय लिनसक्ने नेतृत्वको लागि उम्मेदवार बनेको हुँ। इमानदारी मेरो नारा होइन, मेरो पहिचान हो।”

उम्मेदवारीका प्रमुख उद्देश्यहरू:

🔹 वित्तीय पारदर्शिता र उत्तरदायित्व
– सबै आम्दानी–खर्च सार्वजनिक गर्ने प्रणाली
– हरेक डलर समुदायकै हितमा प्रयोग भएको सुनिश्चित गर्ने

🔹 युवा तथा विद्यार्थी सहभागिता
– मार्गदर्शन, तालिम, व्यवसायिक सञ्जाल र मानसिक स्वास्थ्य सहयोग कार्यक्रम

🔹 सामुदायिक स्वास्थ्य र जीवनशैली प्रवर्द्धन
– खेलकुद, वेलनेस कार्यक्रम, मानसिक स्वास्थ्य कार्यशाला

🔹 राजनीति–मुक्त सांस्कृतिक पहिचानको संरक्षण
– सबै नेपाली समुदायलाई समेट्ने समावेशी कार्यक्रम

🔹 नर्दन टेरिटोरीको राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्व
– एनटी राज्यका नेपालीहरूको आवाज NRNA Australia मा पुर्‍याउने प्रतिबद्धता

समुदायसँगको अपिल

उम्मेदवारी दर्ता गर्दै उनले भने,
“NRNA लाई अझ पारदर्शी, जवाफदेही, राजनीतिक प्रभावबाट मुक्त र समुदाय–केन्द्रित बनाउने मेरो अभियानमा म तपाईंहरूको साथ र विश्वासको अपेक्षा गर्दछु।”

एनआरएनए अष्ट्रेलियाको निर्वाचन प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ। उम्मेदवारी दर्ता गर्ने क्रम बढेसँगै प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP