मंगलबार , अषोज २७, २०८३

सिड्नी, अष्ट्रेलिया —
गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय विवादको असर अष्ट्रेलियामा समेत देखिन थालेको छ। यही विवादको सिलसिलामा अष्ट्रेलियामा तेस्रो एनआरएन संस्था दर्ता गरिएको छ।

पहिले नै क्रियाशील एनआरएन अष्ट्रेलिया र केही महिनाअघि दर्ता भएको ‘एनआरएन अष्ट्रेलिया लिमिटेड’पछि, १८ जुलाईमा THE NON-RESIDENT NEPALI ASSOCIATION (NRNA) AUSTRALIA LIMITED नामक नयाँ संस्था सरकारी रूपमा दर्ता गरिएको हो। कम्पनी नम्बर 689200093 रहेको यो संस्थाको नेतृत्व विवेक थापाले गरेका छन्।

सिड्नीमा आयोजित पत्रकार सम्मेलनमार्फत थापाले संस्थाबारे जानकारी दिँदै अष्ट्रेलियामा रहेका सम्पूर्ण गैरआवासीय नेपालीलाई समेट्ने उद्देश्य राखिएको बताए।

थापाको संयोजकत्वमा बनेको ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। यसअघि दर्ता गरिएको ‘एनआरएन अष्ट्रेलिया लिमिटेड’मा संलग्न धेरै सदस्यहरू यस संस्थामा पनि सहभागी छन्।

सल्लाहकारको रूपमा गणेश केसी, केशव कँडेल, नन्द गुरुंग, सुरेन्द्र सिग्देल जस्ता पूर्वअध्यक्षहरू रहेका छन् भने शेषमणि शर्मा, प्रेम सापकोटा, निरज श्रेष्ठ र कञ्चन पोखरेल समेत सल्लाहकार सूचीमा छन्।

नेपालमा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिबाट बीआर लामाको नेतृत्वमा निर्वाचित कार्यसमितिले विवेक थापालाई अष्ट्रेलियाको जिम्मेवारी दिने चिठी यसअघि नै सार्वजनिक भइसकेको छ।

पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै थापाले यो संस्था नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट मान्यता प्राप्त आईसीसीको निर्देशनअनुसार दर्ता गरिएको बताए। उनले परराष्ट्र मन्त्रालयले बद्री केसी नेतृत्वलाई आधिकारिक मान्ने निर्णय गरे त्यसअनुसार अघि बढ्न आफू तयार रहेको पनि स्पष्ट पारे।

थापाले हालको एनआरएन अष्ट्रेलिया नेतृत्वले केन्द्रमा भएको विवादमा एक पक्षको समर्थन गरेको आरोपसमेत लगाए।

यो घटनाक्रमसँगै अष्ट्रेलियामा एनआरएनए भित्रको विवाद झनै चुलिने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP