मंगलबार , अषोज २७, २०८३

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलाल र विचौलियाको पछि लागेर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न खोज्नेहरु कम्युनिष्ट नभएको बताएका छन् । पार्टीका उपमहासचिव जनार्दन शर्माले माओवादीभित्र जनवाद नभएको आरोप लगाएको भोलिपल्टै दाहालले यस्तो जवाफ दिएका हुन् । जनार्दन शर्मालाई पार्टीभित्र अहिले सिंगौरी खेल्न दिएको भन्दै भीन्न मतलाई दमन नगरेको स्पष्ट पारे ।

नेकपाका संस्थापक महासचिव कमरेड पुप्पलालको ४७औं स्मृती दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘मेरो कमजोरी भीन्न मतलाई दमन गर्नु होइन । उदार भएको छु । बढि आलोचना हुने विषय त्यही हो । मैले कसैलाई कारबाही गरिनँ । कमरेड किरण, कमरेड बादल, बाबुराम कसैलाई पार्टीबाट निकालेको छ्रैन । कतिपयले बस्ने ठाउँ नदिएपछि निस्किएको भनेर भन्नुभएको छ । तर, मैले पार्टीभित्र पर्याप्त छलफलको वातावरण दिने गरेको छु । अहिलेपनि केही साथीहरुले ल त भनेर अलि अलि सिंगोरी खेल्न पाएकोजस्तो गर्नुभएको छ । प्रश्स्त सिंगोरी खेल्न दिएको छु । खेल्नुहोस । डेढ महिना देशभरि लिएर हिँडे मैले ।’

उनले निराशा र असन्तुष्टि बाँड्दै हिँड्ने काम भएको भन्दै यस प्रवृत्तिविरुद्ध संघर्ष गरिनुपर्ने अठोट लिए । जनता र आफ्नो वर्गमा आशा जगाउने दाहालले विश्वास दिलाए । उनले नेपालका कम्युनिष्टहरुको आजको संघर्षको निशाना दलाल नोकरशाही पुँजीवाद हो भन्ने कुरामा एकमत रहेको बताएका छन् । उनले भने,‘नेपाली क्रान्तिको मुख्य तारो दलाल, सामन्ती र विचौलिया हो भन्ने कुरामा सैद्धान्तिक रुपमा त्यतिधेरै विमति भएको देखिँदैन ।’ दलाल पुँजीवादसँग समर्पण गर्नेहरुको पहिचान गरिनुपर्ने उनको भनाई छ । बृहत्तर कम्युनिष्ट मोर्चापनि बनाउनुपर्ने छ ।’ उनले झापा विद्रोहको पनि सम्मान हुनुपर्ने सुनाए । उनले भने,‘जनयुद्धको बेलामा पनि दस्तावेज लेख्ने काम गरेको थिएँ ।’

दाहालले आफू ३६ वर्षदेखि पार्टीको नेतृत्वमा रहेको र एकथरीलाई यो विषयमा छट्पट्ी भएको पनि टिप्पणी गरे । उनले भने,‘मैले धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । प्रचण्ड ३६ वर्षदेखि कम्युनिष्ट पार्टीको नेतृत्वमा छ । तर, म यसो राति सुत्नेबेला सोच्छु कि अब नेतृत्व छोडी दिउँ कि क्या हो ? फेरि एक मनले सोच्छु–मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ, ३६ वर्ष के गर्‍यो भन्नेलाई मेरो जवाफ छ– २०४६ सालपछि जनआन्दोलनपछि कम्युनिष्टहरुसँग् सहकार्य गर्यो, माओवादी धारलाई २०४८ सालमा एकताबद्ध गर्‍यो । २०५२ सालमा जनयुद्ध सुरु भयो । १० वर्ष चल्यो । देश २०६३ सालमा शान्ति प्रक्रियामा आयो । त्यसमा प्रचण्डले हस्ताक्षर गर्‍यो । संघीय लोकतान्त्रिक गण्तन्त्रमा आयो । शान्ति र विद्रोहको नेतृत्व गर्ने सबै नेताले गर्न सक्छन्, वामपन्थी सबै एक हौँ भनेकै हो । कसका कारण एकता भएन सबैलाई थाहा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP