मंगलबार , अषोज २७, २०८३

मेलबर्न, अष्ट्रेलिया —
ग्लेनरोय, मेलबर्नस्थित एक हेयर सैलुन बाहिर एनआरएन अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुने निर्वाचनका सन्दर्भमा एक उम्मेदवारद्वारा आक्रमण भएको दाबी गर्दै सिजन खड्काले प्रहरीमा उजुरी दिएका छन्।

खड्काका अनुसार दिउँसो करिब १ बजे ती उम्मेदवार केही युवासहित आएर आफूलाई एक्कासि कुटपिट गरेका थिए। “मैले ती व्यक्तिलाई चिनेको छैन, आक्रमण किन भयो भन्ने कारणसमेत थाहा छैन,” उनले पुराखबरसँगको कुराकानीमा भने, “कानको पछाडिबाट रगत बग्यो, उपचारपछि प्रहरी कार्यालय पुगेर म आफैँले बयान दिएँ।”

घटनापछि तत्काल प्रहरी बोलाइएको थियो। भिक्टोरिया प्रहरीले घटनाको पुष्टि गर्दै लालोर निवासी २९ वर्षीय एक युवकलाई पक्राउ गरेर सोधपुछपछि रिहा गरिएको जानकारी दिएको छ। हाल घटनाको अनुसन्धान जारी रहेको र थप प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ। साथै, प्रत्यक्षदर्शी वा घटनासँग सम्बन्धित भिडियो वा सूचना भएका व्यक्तिहरूलाई Crime Stoppers – 1800 333 000 मा सम्पर्क गर्न आग्रह गरिएको छ।

घटनाबारे सिजन खड्काले एनआरएन अष्ट्रेलियाको निर्वाचन आयोगमा समेत उजुरी दिएका छन्। प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले उजुरी प्राप्त भएको पुष्टि गर्दै भने, “मैले सम्बन्धित राज्य निर्वाचन आयुक्तसँग विवरण मागेको छु। घटनाबारे अनुसन्धान भइरहेको छ। खड्का जीलाई स्वास्थ्य र सुरक्षामा ध्यान दिन भनेको छु।”

निर्वाचन नजिकिँदै गर्दा भएको यो घटनाले एनआरएन अष्ट्रेलियाको चुनावी माहोल थप चर्किएको देखिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP