मंगलबार , अषोज २७, २०८३

डार्विन, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ अन्तर्गत उत्तर क्षेत्र (NT) को युवा संयोजक पदका लागि अनुपम ढुंगानाले आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्।

युवासम्बन्धी गतिविधि, नवआगन्तुक विद्यार्थीहरूलाई सहयोग, तथा समावेशी समुदाय निर्माणमा सक्रिय रहँदै आएका ढुंगानाले उम्मेदवारी दर्ता गर्दै भने,
“म एनआरएनएलाई अझ बढी युवा-मैत्री र अवसरमूलक बनाउने उद्देश्यले अघि बढेको हुँ। हामीले विशेषगरी नयाँ विद्यार्थीहरूलाई सशक्त बनाउने स्पष्ट योजना सहित उम्मेदवारी दिएको छु।”

उनको प्राथमिक कार्यसूचीमा निम्न मुद्दाहरू उल्लेख छन्:

नयाँ विद्यार्थीहरूका लागि ‘structured onboarding program’ सञ्चालन गर्ने, जसअन्तर्गत सेवाहरूको पहुँच, सांस्कृतिक अभिमुखीकरण र समुदायसँगको सम्बन्ध विस्तार हुनेछ।

अनुभवी युवाहरू र पेशेवरहरूलाई नवआगन्तुक विद्यार्थीहरूसँग जोड्ने ‘mentorship network’ स्थापना गर्ने।

विद्यार्थीहरूको मानसिक स्वास्थ्य, चुनौती र नेतृत्व क्षमताको विकासमा केन्द्रित फोरम र कार्यशालाहरू आयोजना गर्ने।

ढुंगानाले सामाजिक सञ्जालमार्फत समर्थन र शुभकामनाको आह्वान गर्दै भनेका छन्,
“अनुभव र आकांक्षाबीचको पुल बनाउने मेरो प्रयासमा तपाईंहरूको साथ र विश्वास अपेक्षित छ।”

एनआरएनए एनटीको युवा संयोजक पदमा अन्य उम्मेदवारको समेत तयारी रहेको चर्चा भए पनि ढुंगानाको स्पष्ट योजना र विद्यार्थीमुखी दृष्टिकोणले चुनावी दौडलाई थप चासोको विषय बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP