सोमबार , अषोज २६, २०८३

डार्विन, अस्ट्रेलिया |
गैरआवासीय नेपाली संघ (NRNA) Northern Territory राज्य समन्वय परिषद् (SCC) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सह–सचिव (Joint Secretary) पदमा दुई सक्रिय उम्मेदवारहरूको मनोनयन दर्ता भएको छ – उद्धव खड्का र बिश्नु केसी खत्री (विशाल केसी)।

उद्धव खड्का – समावेशीता र संस्थागत विकासको पक्षमा
भवानी पौड्याल नेतृत्वको टिममा रहेका उद्धव खड्का, नेपालमा राजनीतिक पृष्ठभूमिबाट परिचित नाम हुन् र विगत ६ वर्षदेखि एनआरएनए अभियानमा संलग्न छन्। हाल Northern Territory मा दर्ता नर्सको रूपमा कार्यरत खड्का Australia Nepal Public Link का कार्यकारी सदस्य पनि हुन्। उनले मानसिक स्वास्थ्य, सडक सुरक्षा, र पानी सुरक्षा जस्ता सामुदायिक कार्यक्रमहरू सञ्चालनमा उल्लेखनीय भूमिका खेलेका छन्।

उनी सह–सचिव पदमार्फत दक्ष सञ्चार, पारदर्शी समन्वय, दस्तावेज व्यवस्थापन र छात्र/युवासमूहको सशक्तिकरण जस्ता प्रमुख कार्यसूची लिएर उम्मेदवारीमा उत्रिएका छन्। उनले क्षेत्रीय समावेशीता सुनिश्चित गर्दै, डार्विन, क्याथरिन, टेनेट क्रीक, र एलिस स्प्रिङ्समा उपसमितिहरू गठन गर्ने लक्ष्य लिएका छन्।

“म पारदर्शिता, जवाफदेहिता र सेवा भावनासहित नेपाली समुदायलाई एकीकृत बनाउन प्रतिबद्ध छु।” – उद्धव खड्का

विशाल केसी – ‘Community First’ को नारा बोकेको युवा नेतृत्व
टिम त्रिलोचनको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका बिश्नु केसी खत्री (विशाल केसी), डार्विनमा १० वर्षभन्दा बढी समयदेखि बसोबास गर्दै आएका छन्। उनी Darwin Hearts FC का स्वयंसेवक, नियमित रक्तदाता, सांस्कृतिक कलाकार, र अघिल्लो कार्यकालमा युवा सदस्य समेत रहेका थिए।

“Community before politics” भन्ने मुल नारासहित उनी राजनीतिक प्रभावबाट मुक्त, सेवा र पारदर्शितामुखी नेतृत्वको पक्षमा उभिएका छन्। उनले युवा, कल्याण, र संस्कृति सम्बद्ध कार्यक्रमहरूमा सक्रिय भूमिका खेल्दै आएका छन्।

“समावेशी संवाद, युवा सहभागिता, र एकतामूलक समाज निर्माण मेरो प्राथमिकता हो।” – विशाल केसी

निर्वाचन मिति: शनिबार, २६ जुलाई २०२५
सह–सचिव पदका लागि यी दुई उम्मेदवारको स्पष्ट भिजन, फरक पृष्ठभूमि, र साझा उद्देश्य – समुदाय सेवा – ले आगामी निर्वाचनलाई अझ उत्साहजनक र प्रतिस्पर्धात्मक बनाएको छ। डार्विनको नेपाली समुदायले उम्मेदवारहरूको एजेन्डा र प्रतिबद्धतालाई गम्भीर रूपमा लिँदै सकारात्मक चासो देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP