मंगलबार , असार १६, २०८३

डार्विन, अष्ट्रेलिया/ साबिन बराल – गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै प्रियाशा नेपालले ऐतिहासिक कदम चालेकी छन्। उनी एनआरएनए एनटीको सचिव पदमा उम्मेदवारी दिने पहिलो महिला उम्मेदवार बनेकी हुन्। नेपाललाई आउदो २७-२९ कार्यकालको संयोजकको दाबेदारको रुपमा पनि हेरियको छ ।

यो मेरो व्यक्तिगत उपलब्धिमात्र होइन, समावेशी नेतृत्व, लैङ्गिक प्रतिनिधित्व र समुदायको साझा प्रगतितर्फको पाइला हो,” उम्मेदवारी घोषणा गर्दै प्रियाशाले भनिन्।

प्रियाशाले स्टेट कोअर्डिनेटर पदका उम्मेदवार त्रिलोचन सापकोटा नेतृत्वको ‘टिम त्रिलोचन’बाट आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन्।NRNA NT SCC स्टेट कोअर्डिनेटर पदका उम्मेदवार त्रिलोचन सापकोटाले प्रियाशाको उम्मेदवारीलाई समर्थन गर्दै भने:
हाम्रो टिम कुरा होइन, काममा विश्वास गर्छ। महिला समानताको कुरा गर्दा सचिवजस्तो जिम्मेवार पदमा महिलालाई उम्मेदवार बनाउनु हाम्रो साझा मूल्य र दृष्टिकोणमा आधारित छ। प्रियाशाको उम्मेदवारीले हाम्रो टिमलाई गर्व र ऊर्जा दिएको छ।”

अनुभवले पक्किएको नेतृत्व यात्रा

महिला सदस्य (२०२१–२०२३) – NRNA NT

महिला संयोजक (२०२३–२०२५) – NRNA NT

यी दुवै कार्यकालमा प्रियाशाले:

महिलाको सशक्तिकरणका पहलहरूमा सक्रिय नेतृत्व दिइन्

सामुदायिक कार्यक्रम र संवादहरू आयोजना गरिन्

समन्वयमा आधारित सम्बन्ध र सञ्जाल निर्माण गरिन्

उनको अनुशासन, जिम्मेवारीप्रति निष्ठा, र समन्वय क्षमताले आगामी सचिव पदका लागि उनी योग्य उम्मेदवार बन्न पुगेकी छन्।

२०२५–२०२७ का लागि सचिवको कार्यदृष्टि

पारदर्शी र प्रभावकारी अभिलेख व्यवस्थापन
महिला तथा युवाको सक्रिय सहभागिता प्रवर्द्धन
समितिहरूलाई दक्ष प्रशासनिक सहयोग
संस्थागत निरन्तरता र ऐतिहासिक अभिलेख संरक्षण
सहकार्य र समावेशी नेतृत्वमा आधारित कार्यशैली

प्रियाशाको आह्वान:
हामी सबै मिलेर एनटीको नेपाली समुदायलाई अझ सशक्त, संगठित र समावेशी बनाउँदै राज्य तथा राष्ट्रस्तरीय सहकार्यलाई नयाँ उचाइमा पु-याउन लाग्नुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP