मंगलबार , बैसाख २९, २०८३

नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसदहरुले नै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरिनुपर्ने लविङ थालेका छन् । मन्त्री गुप्ताको कारण सिंगो पार्टी पँक्ति र सरकार नै बदनाम भएको भन्दै उनीहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष तत्काल बर्खास्त गरेर एक्शन लिन सुझाएका छन् ।

सरकारको एक वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पूनर्गठनको तयारीमा थिए । यही मुखमा आफ्नै पार्टीबाट आफू नेतृत्वको सरकारमा सहभागी गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि प्रधानमन्त्री ओली पनि अप्ठ्यारोमा परेका छन् ।

पार्टीका प्रभावशाली नेताहरुले यत्रो अडियो नै बाहिरिएपछि तत्काल पदबाट हटाउन बालुवाटारसमक्ष लविङ थालेको एमालेनकिट उच्चस्रोतको दाबी छ । प्रधानमन्त्री ओली यतिवेला गृहजिल्ला झापामा छन् । उनी आजै साँझसम्म काठमाडौं आईपुग्ने बताईएको छ ।

मन्त्री गुप्ताले पनि प्रधानमन्त्री र पार्टी कमिटीले निर्देशन दिए तत्काल पदबाट राजीनामा दिन तयार रहेको प्रतिक्रिया दिएका छन् । यद्धपी उनले घुसको डिल गरेको भनेर बाहिरिएको अडियो आफ्नो स्वर नभएको र प्रविधिको दुरुपयोग गरिएको दाबी गरेका छन् ।

एआईको प्रयोग गरिएको भन्दै आफ्नो आवाज नभएको दाबी गरेका मन्त्री गुप्ताले समाचारको सत्यतामाथि नै प्रश्न उठाएका छन् । यो अडियो प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीपनि मुछिएका छन् । अडियोमा मन्त्री गुप्ताले भूमिमन्त्री अधिकारीको पनि नाम लिएको कारण उनीपनि प्रधानमन्त्री ओलीको नोटिसमा परेको बताईन्छ ।

अहिले विवादमा तानिएका मन्त्री गुप्तामात्रै नभएर मन्त्री अधिकारीपनि रेड जोनमा परेको चर्चा छ । प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल गर्ने र यस सम्बन्धमा सत्ता सहयात्री दल नेपाली कांग्रेसको पनि राय लिएर थप कदम चाल्ने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP