मंगलबार , अषोज २७, २०८३

डार्विन, अष्ट्रेलिया |
अष्ट्रेलियाको उत्तरी क्षेत्र (Northern Territory) मा बसोबास गर्दै आएका सक्रिय युवा समाजसेवी निरज देवकोटा गोर्खालीले गैर–आवासीय नेपाली संघ (NRNA) एनटी स्टेट कोअर्डिनेशन काउन्सिल (SCC) अन्तर्गत २०२५–२०२७ कार्यकालका लागि उप–संयोजक पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

‘समर्पण, सेवाभाव र युवाशक्तिको सशक्तिकरण’ भन्ने मूल दर्शनमा अगाडि बढिरहेका देवकोटाले यसअघि एनआरएनए एनटीका दुई कार्यकालमा युथ मेम्बर (२०२१–२०२३) र युथ कोअर्डिनेटर (२०२३–२०२५) को भूमिकामा उल्लेखनीय योगदान दिइसकेका छन्।

उत्तरदायी नेतृत्वका लागि दाबी

समावेशी, पारदर्शी र जवाफदेही नेतृत्वमार्फत एनआरएनएलाई अझ क्रियाशील र समुदायमुखी बनाउने उद्देश्य लिएका देवकोटाले युवा, विद्यार्थी, परिवार तथा पेशागत व्यक्तिको आवाजलाई संस्थागत रूपमा उठाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले बताएअनुसार, एनटी राज्यमा रहेका नेपालीहरूको जीवनस्तर सुधार गर्न संघीय तथा स्थानीय निकायहरूसँग सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।

‘अनुभव र प्रतिबद्धतालाई भोट दिनुहोस्’

आगामी जुलाई २६, २०२५ मा हुने निर्वाचनमा ‘अनुभवलाई भोट दिनुहोस्, प्रतिबद्धतालाई भोट दिनुहोस्’ भन्ने नाराका साथ देवकोटाले सम्पूर्ण नेपाली समुदायसँग समर्थनको अपिल गरेका छन्।

उनको भनाइ छ, “हामी सबैको एकता, सहभागिता र प्रयासले मात्र समुदायलाई अझ समावेशी, सक्षम र समृद्ध बनाउने सम्भावना छ। त्यसका लागि तपाईंहरूको अमूल्य मत मेरो लागि ऊर्जा र प्रेरणा हुनेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP