मंगलबार , असार १६, २०८३

📅 निर्वाचन मिति: २६ जुलाई २०२५
✍️ डार्विन, अष्ट्रेलिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद् २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा सुमन गैरे (नमूष) ले युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।

“समुदायको सेवामा समर्पित भएर, युवाको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिन तयार छु,” गैरेले आफ्नो घोषणामा भनेका छन्।

डार्विनमा विगत ५ वर्षदेखि बसोबास गर्दै आएका गैरे समुदायमा युवा लक्षित कार्यक्रम, बहुसांस्कृतिक खेलकुद गतिविधि तथा सामाजिक सेवामा सक्रिय रुपमा संलग्न छन्। उनले युवाको आवश्यकता, समस्या र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।

गैरेले आफु ‘टिम त्रिलोचन’ को तर्फबाट उम्मेदवार बनेको जानकारी गराउँदै भने,
“हाम्रो टिम कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर, पारदर्शिता र इमानदारीका साथ समुदायको सेवा गर्न प्रतिबद्ध छ।”

उनका प्रमुख एजेन्डाहरू यसप्रकार छन्:

  • नेतृत्व, सांस्कृतिक तथा खेलकुद कार्यक्रममा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने

  • पुस्तान्तरणीय समावेशिता र सहकार्य प्रवर्द्धन गर्ने

  • विद्यार्थी, नयाँ आप्रवासी र युवा व्यवसायीहरूलाई सशक्त बनाउने कार्यक्रम सञ्चालन गर्ने

  • जवाफदेही नेतृत्वमार्फत युवाको आवाजलाई प्रभावकारी ढंगले प्रतिनिधित्व गर्ने

गैरेले सबै नेपाली समुदायको सहयोग र अमूल्य मतको आग्रह गरेका छन्।

👉 “सेवाका लागि भोट गर्नुहोस्। कार्यका लागि भोट गर्नुहोस्। सुमन गैरे (नमूष) लाई भोट गर्नुहोस्।” भन्ने नारासहित उनले आफ्नो उम्मेदवारीलाई सार्थक बनाउने दृढता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP