मंगलबार , अषोज २७, २०८३

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सातवटै प्रदेश काम नलाग्ने बताएका छन् । आज (शनिबार) दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटिम) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि राज्य पुनर्संरचना गरिनुपर्ने बताएका हुन् ।

‘अहिले निर्माण गरिएको यो सात वटा प्रदेश कामै लाग्दैन । कुनै प्रदेश काम लाग्दैन । यो प्रदेश संरचना पहिचानको आधारमा भएकै छैन,’– उनले भने ।

साथै, उनले सबै उत्पीडित समुदाय एकताबद्ध हुन आवश्यक रहेको बताए । सबै उत्पीडित समुदाय एकतावद्ध नभएसम्म परिवर्तन सम्भव नहुने उनले बताए ।

अहिले नेपालमा समानता नरहेको उनले बताए । सबैभन्दा बढी दलित समुदाय पिछडिएको बताउँदै उनले पुँजीवादी व्यवस्थामा दलितले चुनावमै प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP