मंगलबार , अषोज २७, २०८३

डार्विन, अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया अन्तर्गत Northern Territory State Coordination Council (NRNANT SCC) को युवासंयोजक पदका लागि डार्विनका दुई चर्चित युवाबीच प्रतिस्पर्धा हुने भएको छ।

उक्त पदका लागि सुमन गैरे र अनुपम ढुंगानाले उम्मेदवारी दिएका छन्। दुवै उम्मेदवार डार्विनको नेपाली समुदायमा परिचित नामहरू हुन्, जसले आ–आफ्नो तरिकाबाट समुदायको सेवा गर्दै आएका छन्।

सुमन गैरे लामो समयदेखि सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा सक्रिय भूमिका खेल्दै आएका, समुदायमा घुलमिल भएर काम गर्ने जोशिला युवा हुन्। विभिन्न संघ–संस्थामा सक्रिय रहेर उनी नेतृत्वदायी भूमिका निभाइरहेका छन्। उनी 2023-25 कर्यकालको scc मेम्बर हुन ।

अर्कोतर्फ, अनुपम ढुंगाना संगठित सोच र अनुशासित कार्यशैलीका साथ उदाउँदै गरेका एक नयाँ पुस्ताका युवा हुन्। संगठित रूपमा बलियो रहे पनि, अनुपम डार्विनको नेपाली समुदायमा नयाँ सोच, नवीन दृष्टिकोण र परिवर्तनको चाहना लिएर अगाडि बढेका उम्मेदवारका रूपमा देखिन्छन्।

आगामी २६ जुलाईमा हुने एनआरएनए एनटीको चुनावमा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ, जुन चुनाव डार्विनको नेपाली समुदायले चासोपूर्वक हेरिरहेको छ।

यो प्रतिस्पर्धाले युवाहरूको नेतृत्वमा पहुँच, नयाँ पुस्ताको सोच, र समुदायप्रतिको योगदानको मूल्यांकन गर्ने अवसर दिन्छ भन्ने अपेक्षा गरिएको छ।

कसले जित्ला भन्ने निर्णय त भोटले हुनेछ, तर यस्तो प्रतिस्पर्धाले एनआरएनएलाई अझ गतिशील र समावेशी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP