मंगलबार , असार १६, २०८३

डार्विन – गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत उत्तरी क्षेत्र (NT) सामुदायिक समन्वय समिति (SCC) को कोषाध्यक्ष पदका लागि हुने निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ।

उक्त पदका लागि Team त्रिलोचनबाट इशान चौलागाईंले तथा Team भवानीबाट सन्दीप भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। दुवै उम्मेदवारले आगामी २६ जुलाईमा हुने SCC निर्वाचनमा भाग लिँदै आ–आफ्नो चुनावी नारासहित सक्रिय रुपमा मैदानमा उत्रिएका छन्।

समुदायमा आफ्नो पकड बलियो बनाउँदै दुवै पक्षले व्यापक जनसम्पर्क अभियान सुरु गरिसकेका छन्। उम्मेदवारहरूका अनुसार उनीहरू आफ्नो एजेण्डा र योजनासहित जिम्मेवार, पारदर्शी तथा नतिजामुखी कार्यशैलीको प्रतिबद्धताका साथ चुनावमा होमिएका हुन्।

समुदायका सदस्यहरूबीच पनि चुनावी चर्चा तीव्र बन्दै गएको छ। आन्तरिक तयारी, समूहगत एकता र व्यक्तिगत लोकप्रियताको आधारमा यो निर्वाचन निकै चासोको विषय बन्न पुगेको छ।

एनआरएनए एनटीको यसपटकको निर्वाचनले नेतृत्वमा नयाँ सोच र योजनाका साथसाथै युवाहरूको प्रतिनिधित्वलाई समेत अगाडि ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP