सोमबार , अषोज २६, २०८३

डार्विन, अष्ट्रेलिया | गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको बहुप्रतिक्षित निर्वाचन आगामी जुलाई २६ मा हुने निश्चित भएको छ। सदस्यता विवाद र ‘एकता महाधिवेशन’को चर्चाबीच पनि निर्वाचन प्रक्रियामा कुनै अवरोध नआउने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले सबै अड्कलबाजीको अन्त्य गर्दै भने, “निर्वाचन प्रक्रिया यथावत् छ, निर्धारित मितिमै हुनेछ।” उनले हाल समाजमा फैलिरहेको भ्रम र अन्योलप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपाली समुदायलाई “कुनै पनि प्रकारको भ्रममा नपर्न” आग्रह गरे।

‘आइसीसीको विवाद एनसीसीमा नतानौं’: ढकाल
एकता महाधिवेशनको प्रस्तावलाई लिएर महेश श्रेष्ठ समूहले उठाएको अभियानप्रति टिप्पणी गर्दै ढकालले भने, “हामी अहिले एनसीसीको निर्वाचन गरिरहेका छौं, आइसीसी को होइन।”

उनले आइसीसी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै, “अदालतको निर्णय नै अन्तिम हो, हामी सबैले त्यसको सम्मान गर्नुपर्छ,” भनी स्पष्ट पारे।

मिडियालाई संयमित र जिम्मेवार हुन आग्रह
केही सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै ढकालले भने, “हामी सबैभन्दा पहिला गैरआवासीय नेपाली हौं, त्यसपछि मात्र व्यवसाय, विचार वा पेशा आउँछ।” उनले मिडियामा आएका भ्रम फैलाउने सामग्रीले समाजमा नकारात्मक असर पार्न सक्ने भन्दै मिडियालाई जिम्मेवार र तथ्यमा आधारित समाचार प्रकाशन गर्न आग्रह गरे।

समुदाय र पुराना अभियन्ताहरूलाई आग्रह
प्रमुख आयुक्त ढकालले पुराना अभियन्ता, सदस्य र सम्पूर्ण समुदायलाई लोकतान्त्रिक अभ्यासप्रति सम्मान जनाउँदै निष्पक्ष र स्वतन्त्र निर्वाचनमा सहकार्य गर्न आह्वान गरे। उनले विशेषत: मतदाता दर्ता भइसकेका सबै नेपालीहरूलाई मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउन पनि अनुरोध गरे।

महेश श्रेष्ठ समूहद्वारा ‘एकता महाधिवेशन संयोजक’ को जिम्मेवारी विवेक थापालाई
यसैबीच, महेश श्रेष्ठ नेतृत्वको समूहले ‘एकता महाधिवेशन’को संयोजनको जिम्मेवारी विवेक थापालाई दिइएको दाबी गरेको छ। स्रोतहरूका अनुसार, उक्त जिम्मेवारीमार्फत अष्ट्रेलियाभर रहेका एनआरएन अभियन्ताहरूलाई एउटै मंचमा ल्याउने प्रयास भइरहेको छ। यसअघि Purakhabarले यस विषयमा विशेष रिपोर्ट प्रकाशित गरिसकेको छ, जसमा विवेक थापाको भूमिका, योजनाहरू र समावेशी नेतृत्वको खाका उल्लेख गरिएको थियो।

Pic Source: Nepaleyes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP