शुक्रबार , भाद्र १२, २०८३

पुराखबर न्यूज डेस्क — डार्विन

गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२७) का लागि संयोजक पदमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा चुलिएको छ। संस्थाको नेतृत्वमा आफ्नो योगदान पुर्‍याउन त्रिलोचन सापकोटा र भवानी पौडेल चुनावी मैदानमा उत्रिएका छन्।

त्रिलोचन सापकोटा, युवाहरूलाई सशक्त बनाउने, महिलाको सक्रिय सहभागिता,महिला नेतृत्व विकास, नेतृत्वमा पारदर्शिता कायम गर्ने र समावेशी कार्यशैली अपनाउने मुख्य एजेन्डासहित उनले उम्मेदवारी दिएका छन्। सापकोटाले सबै वर्गको सहभागिता सुनिश्चित गर्दै NRNA लाई थप सबल बनाउने लक्ष्य प्रस्तुत गरेका छन्।

त्यस्तै,

भवानी पौडेलले समावेशी र उत्तरदायी नेतृत्व, महिलाको सक्रिय भूमिका र समुदायको समग्र हितमा काम गर्ने संकल्पका साथ उम्मेदवारी घोषणा गरेका छन्। उनले महिलाको प्रतिनिधित्वलाई संस्थाभित्र मजबुत बनाउने र सबैको आवाज समेटिने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

दुवै उम्मेदवारले आफ्नो दृष्टिकोण र योजनाहरू सार्वजनिक गर्दै समुदायसँग प्रत्यक्ष संवाद तथा समर्थनको अपिल गरिरहेका छन्।

अब नेतृत्व कसको हातमा जाने भन्ने निर्णय NTमा बसोबास गर्ने नेपाली समुदायको मतदाताहरूले गर्नेछन्। चुनावी प्रतिस्पर्धा बढ्दै जाँदा समुदायको चासो पनि उच्च बनेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP