सोमबार , अषोज २६, २०८३

क्यानबेरा । अस्ट्रेलियाको भिक्टोरिया राज्य र चीनसँग भएको ‘बेल्ट एन्ड रोड’ परियोजनासँग सम्बन्धित सम्झौता रद्द भएको छ।

बुधबार २१ अप्रिलमा अस्ट्रेलियाको विदेशमन्त्री मेराइस पेनलले चीनसँग गरेको चार सम्झौता रद्द गर्ने घोषणा गरेकी हुन्। जसमध्ये दुईवटा ‘बेल्ट एन्ड रोड’ सँग सम्बन्धित छन्।

भिक्टोरिया राज्यले २०१८ र २०१९ मा चीनसँग गरेको सम्झौतालाई केन्द्र सरकारले रद्द गरिदिएको हो।

अस्ट्रेलियाको केन्द्र सरकारले गत डिसेम्बरमा बिशेष अधिकार प्राप्त गरेको थियो जसअनुसार उसले कुनै पनि प्रान्त अथवा त्यहाँको विश्वविद्यालयले लिएको फैसलालाई रद्द गर्नसक्छ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनले भनेकी छिन्, ‘म यी चार सम्झौतालाई अस्ट्रेलियाको विदेश नीति र हाम्रो विदेशी सम्बन्धको प्रतिकूल मान्दछु।’

अस्ट्रेलियाको चीन विरुद्ध अर्को अनुचित र उत्तेजक कदम-चिनियाँ राजदूत
अस्ट्रेलियाको ‘बेल्ट एन्ड रोड’ सँग सम्बन्धित फैसलापछि चीन रुष्ट भएको छ। चीनले आपत्ति जनाउँदै भनेको छ,‘ अस्ट्रेलियाले चीनविरुद्ध अर्को अनुचित र उत्तेजक कदम चालेको छ।’

अस्ट्रेलियास्थित चिनियाँ राजदूत च्यान जिङ्गे एक बिज्ञप्ती जारी गर्दै भनेका छन्,‘ चीन–अस्ट्रेलिया सम्बन्धलाई राम्रो बनाउन अस्ट्रेलिया इमानदार देखिएन।’

अस्ट्रेलियाको कदमले द्विपक्षीय सम्बन्धमा नोक्सान पुर्याउने र त्यसले अस्ट्रेलियालाई नै धेरै हानी गर्ने चीनको चेतावनी छ।

चीन र अस्ट्रेलियाबीच तनावपूर्ण सम्बन्ध रहेकै अवस्थामा अस्ट्रेलियाले चीनसँगको सम्झौता टुक्राएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP