शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी (NT) को आगामी कार्यकाल (२०२५–२७) का लागि महिला संयोजक पदमा सृजना भण्डारीले उम्मेदवारी घोषणा गरेकी छिन्। उनी Team Bhawani Poudyal तर्फबाट चुनावी मैदानमा उत्रिएकी हुन्।

सन् २०२२ मा अष्ट्रेलिया आएकी भण्डारी हाल डार्विनमा बस्दै आएकी छिन्। सीमित स्रोत–साधनसहितको यात्राबाट अगाडि बढेकी उनी समुदायप्रति उत्तरदायी, सक्रिय र सेवामुखी नेतृत्वका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छिन्।

“मैले आफैं सिकेँ, संघर्ष गरेँ, र अहिले अरूलाई सशक्त बनाउन चाहन्छु” – सृजना
उम्मेदवारी घोषणासँगै उनले आफ्नो उद्देश्य र भिजन पनि सार्वजनिक गरेकी छिन्।

उनका प्रमुख एजेन्डाहरू यस्ता छन्:
नयाँ आप्रवासी, महिला र युवाहरूको आवाज बन्ने

नेपाली र अष्ट्रेलियाली समुदायबीच सहकार्य र एकताको भावना विकास गर्ने

नयाँ पुस्तालाई नेतृत्व, सेवा र अवसरमा अगाडि ल्याउने

किन Team Bhawani?
“हामी बोलेर मात्र होइन, काम गरेर देखाउँछौं। Team Bhawani ले युवाको नेतृत्व, महिलाको सशक्तिकरण र निष्पक्ष सेवामा विश्वास गर्छ। त्यसैले म यो टिमसँग अघि बढेकी हुँ,” सृजनाको भनाइ छ।

समुदायलाई अपिल:
“यदि तपाईंले युवा नेतृत्व, सत्यनिष्ठ कार्य र समावेशी भावना पत्याउनुहुन्छ भने म तपाईंको मत र समर्थनको अपेक्षा राख्दछु। महिलाले बोल्नुपर्छ, युवाले नेतृत्व गर्नुपर्छ, अनि हामी सबै मिलेर समाजमा परिवर्तन ल्याउन सक्छौं।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP