मंगलबार , अषोज २७, २०८३

डार्विन, अस्ट्रेलिया |

गम्भीर प्रतिबद्धता र सेवाभावका साथ, डार्विन निवासी तथा हाल एनआरएनए एनटी (NRNA NT) का सचिव रहेका त्रिलोचन सापकोटाले २०२५–२०२७ कार्यकालका लागि राज्य संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्।

एक दशकभन्दा बढी समयदेखि उत्तरी क्षेत्र (Northern Territory) मा बसेर विभिन्न सामाजिक र सामुदायिक कार्यमा सक्रिय रहेका सापकोटाले समुदायप्रति गहिरो माया र निष्ठा प्रकट गर्दै भनेका छन्, “राजनीतिभन्दा माथि उठेर पारदर्शिता, जवाफदेहिता र एकता कायम राख्दै समुदायको सेवामा समर्पित रहने छु।”

🔹 प्रमुख एजेन्डाहरू:

उम्मेदवारी घोषणासँगै उनले आगामी कार्यकालमा निम्न पाँच प्रमुख योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्:

स्थायी नेपाली समुदाय भवन निर्माणका लागि “Community Hall Build Committee” गठन गरी NT सरकारसँग मिलेर जग्गा र निर्माण प्रक्रिया अघि बढाउने।

उत्तरी क्षेत्रभर छरिएका नेपाली समुदायहरूबीच एकता र समावेशिता मजबुत बनाउने।

महिलाको सक्रिय सहभागिता, महिला नेतृत्व विकासमा जोड

दोश्रो पुस्ताका युवाहरू तथा बालबालिकालाई संस्कृति र पहिचानमा जोड्ने कार्यक्रमहरू सञ्चालन गर्ने।

नयाँ आउने विद्यार्थी, अभिभावक र परिवारलाई समेट्ने उपसमितिहरू निर्माण गर्ने।

NANT, Darwin Hearts FC, Nepalese Cricket Association NT, र CDU NSA सँग सहकार्य गरी विविध कार्यक्रमहरू संचालन गर्ने।

 

त्यसैगरी, नेपाली दूतावास क्यानबेरासँग समन्वय गर्दै पासपोर्ट क्याम्प, विद्यार्थी सहयोग, र सांस्कृतिक कार्यक्रमहरू NT मा नै ल्याउने योजना रहेको उल्लेख गरेका छन्।

📌 क्षेत्रीय समावेशिता पनि प्राथमिकतामा

त्रिलोचन सापकोटाले एलिएस स्प्रिङ्स, क्याथरिन, टेनान्ट क्रीक लगायतका ग्रामीण तथा सहरबाहिरका नेपाली समुदायलाई पनि समान रुपमा प्रतिनिधित्व गर्ने र कार्यक्रमहरु विस्तार गर्ने बताएका छन्।

🙏 समर्थनको अपिल

“यो यात्रामा तपाईंहरुको साथ, समर्थन र विश्वासको आवश्यकता छ,” भन्दै उनले सम्पूर्ण नेपाली समुदायलाई समर्पणसाथ सेवा गर्ने वाचा गरेका छन्।

एनआरएनए एनटी निर्वाचन २०२५–२०२७ लाई समुदायले उत्साहपूर्वक हेरेको अवस्थामा सापकोटाको उम्मेदवारीले थप ऊर्जा र दिशानिर्देशन दिने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP