शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अष्ट्रेलिया –
नेपाली समुदायमा लामो समयदेखि क्रियाशील समाजसेवी भवानी पौड्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दन टेरिटोरी राज्य समन्वय परिषद् (SCC) को राज्य संयोजक पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

२०१४ मा अष्ट्रेलिया आएदेखि नै सक्रिय रुपमा नेपाली समुदायमा योगदान पुर्‍याउँदै आएका पौड्याल एनआरएनए न्यू साउथ वेल्समा २०१९–२१ कार्यकालमा कार्यसमिति सदस्यका रूपमा कार्यरत थिए भने अहिलेको कार्यकालमा उनी एनआरएनए एनटीका उपसंयोजक (२०२३–२५) को भूमिकामा छन्।

“एनआरएनए-एनटी हाम्रो मात्र संस्था होइन, यो हाम्रो विदेशमा रहेको साझा घर हो,” पौड्यालले आफ्नो उम्मेदवारी वक्तव्यमा लेखेका छन्। “हामी हाम्रो भाषा, संस्कृति, मूल्य र भविष्यका पुस्ताहरूलाई संरक्षण गर्न यो संस्थालाई अझ सशक्त बनाउनेछौं।”

📌 उहाँको घोषणापत्रका प्रमुख बुँदाहरू:

🔹 समुदायको पहिचान र संस्थागत विकास

एनटी सरकारले सहयोग गर्ने गरी नेपाली समुदाय भवन निर्माणका लागि पहल

दीर्घकालीन योजना निर्माण र अवसरको सुनिश्चितता

🔹 बालबालिका, युवा र विद्यार्थी लक्षित कार्यक्रमहरू

बच्चाहरूका लागि सांस्कृतिक आदानप्रदान तथा पिकनिक कार्यक्रम

नयाँ विद्यार्थी तथा अन्तरराज्यीय नेपालीहरूका लागि वार्षिक ओरियन्टेसन कार्यक्रम

दोस्रो पुस्ताका युवाहरूलाई परियोजनामार्फत जोड्ने कार्यक्रम

युवा सशक्तिकरण र मेन्टोरसिप कार्यक्रम

🔹 पारिवारिक र खेलकुद केन्द्रित गतिविधि

परिवार-केन्द्रित खेलकुद सप्ताह आयोजना

सांगीतिक, सांस्कृतिक उत्सव र पर्वहरूको समावेशी आयोजना

🔹 संस्कृतिक समावेशिता र बहुसांस्कृतिक सहकार्य

अन्य जातीय समुदायहरूसँग अन्तरसंस्कृतिक साझेदारी कार्यक्रम

Nepal Festival NT लाई अझ समावेशी, राज्य मान्यता प्राप्त र आर्थिक दृष्टिले दक्ष बनाउने योजना

🔹 संस्थागत क्षमता वृद्धी र सहकार्य

समाज कल्याण समितिलाई अझ सक्रिय र प्रभावकारी बनाउने

NANT, NCANT, CDU-NSA, क्याथरिन, एलिस स्प्रिङ्स लगायतका नेपाली संघसंस्थासँग समन्वय

Tennant Creek लगायत कम जनसंख्या भएका क्षेत्रमा पनि कार्यक्रम विस्तार

🔹 नेपालसँग सम्बन्ध प्रगाढ बनाउने

नेपालमा शिक्षाको सहयोग, विपद् राहत तथा मानवीय सम्बन्धमा ध्यान दिने

एनआरएन मार्फत नेपालमा योगदान गर्ने अवसरहरू निर्माण गर्ने

पौड्यालले अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्य सरकार, विपक्षी दल, कर्मचारी, तथा सबै बहुसांस्कृतिक समुदायप्रति धन्यवाद ज्ञापन गर्दै पारदर्शिता, समावेशिता र इमानदारिता सहित नेतृत्व गर्न प्रतिबद्ध रहेको बताएका छन्।

हामी सबै मिलेर यो डायस्पोरा समुदायलाई अझ बढी दृश्यमान, सशक्त र एकीकृत बनाउन सक्छौं।”

 

उनको उम्मेदवारीले आगामी एनआरएनए एनटी निर्वाचनमा उत्साह थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP