मंगलबार , अषोज २७, २०८३

अस्ट्रेलिया — गैरआवासीय नेपालीहरूको साझा संस्था एनआरएनए अस्ट्रेलिया को आगामी कार्यकाल (२०२५–२७) को निर्वाचनमा सञ्जीव ‘गोर्खाली’ ढकालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन्।
समुदायसेवामा सक्रिय ढकालले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भने,
“यो नेतृत्वको कुरा मात्र होइन, जिम्मेवारीपूर्वक काम गर्ने हो। म इमानदारी, समर्पण र एकताको भावना लिएर अझ प्रभावकारी ढंगले सेवा गर्न तयार छु।”

उनले प्रस्तुत गरेका प्रमुख एजेण्डाहरू यसप्रकार छन्:
🔹 एनआरएनए फाउन्डेशनलाई स्वतन्त्र च्यारिटी संस्था बनाउँदै स्थायित्व र संस्थागत विकासमा ध्यान दिने।
🔹 नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै सहयोग सदस्यता पुनः सुरु गर्ने, साथै नेपाली समुदायसँग आबद्ध सबै संस्थालाई समेट्ने।
🔹 विद्यार्थीहरूको स्वास्थ्य, आवास र अन्य समस्याको समाधानका लागि सहयोग सदस्यत्व संरचना अझ सशक्त बनाउने।
🔹 संघीय र क्षेत्रीय प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने।
🔹 स्थानीय, राज्य र संघीय सरकारहरूसँग सहकार्य गर्दै नेपाली समुदायको आवाज मजबुत बनाउने।
🔹 संस्थालाई पूर्ण पारदर्शिता, जवाफदेहिता र विश्वसनीय नेतृत्वद्वारा अघि बढाउने।

ढकालले स्पष्ट रूपमा भने:
“हामी केवल वाचा होइन, परिणाम देखाउने अभियानमा छौं।”
उनले छिट्टै विस्तृत योजनासहित सेवा प्रवाहको खाका सार्वजनिक गर्ने जानकारी पनि दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP