
सिड्नी – अष्ट्रेलियाको राष्ट्रिय अपांगता बीमा योजना (NDIS) मा ठगी गरेको आरोपमा दुई महिलालाई जेल सजाय सुनाइएको छ।
तमारा गेइ बेरिज नामकी महिलाले झुटो सरसफाइ कम्पनी खोली झन्डै १ मिलियन डलर ठगी गरिन् भने गाडा अब्बास नामकी अर्की महिलाले सेवा नदिई सहभागीहरूका लागि नक्कली सेवा देखाएर पैसा उठाएकी थिइन्।
दुबै महिलालाई अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ र NDIS बाट ठगिएको रकम फिर्ता गर्नुपर्ने आदेश दिइएको छ।
ठगीको रकम जुवा, बिदा र नक्कली सेवा मा खर्च गरिएको अनुसन्धानबाट खुलेको छ।
अहिले NDIA (NDIS संचालक संस्था) र AFP (अष्ट्रेलियन संघीय प्रहरी) ले ५०० भन्दा बढी ठगीका मुद्दाहरूको अनुसन्धान गरिरहेका छन्।
यदि कसैले NDIS सम्बन्धी ठगी गरेको शंका लागेमा १८०० ६५० ७१७ नम्बरमा रिपोर्ट गर्न आग्रह गरिएको छ।