शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। जनकपुरबाट काठमाडाैँ  फर्किए लगत्तै नेता नेपाल  गौतमलाई भेट्न  त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए।

विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । उनका अनुसार नेताहरुसँग कुराकानी गर्ने क्रममा नेपालसँग पनि भेट भएको हो। केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो। यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो।

विहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेट गरेका थिए । गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेता नेपाल समूहले पनि यही माग राखिरहेको छ। तर, गौतम भने छुट्टै राष्ट्रिय एकता अभियान चलाइरहेका छन्।

वरिष्ठ नेता नेपालले पनि बुधबार र विहीबार दुई दिन मेरियट होटलमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।  प्रधानमन्त्री ओलीसँग भएका दुबै नेताका छलफल सकारात्मक नभएपछि शुक्रबार साँझ भएको नेपाल -गौतम वार्तालाई  अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP